arrow

सलमानसँग लूलियाले विवाह नगर्ने !

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
salman-luliya.JPG

एजेन्सी । बलिउडका दबंग सलमान खान र उनकी रोमानियन प्रेमिका लूलिया वन्तूरबीचको विवाहलाई लिएर निकै चर्चा हुने गरेको छ ।  सलमानले विवाहको विषयमा बुबा आमाको विवाह बर्षमा गर्ने भनेका थिए । उनको बुबा आमाको म्यारिज एनिभर्सरि नोवेम्बर १८ मा रहेको थियो  । उक्त समय बितेसँगै  सलमान-लूलिया सम्बन्ध के हुने हो चर्चा हुन थालेको छ ।
 
लूलियाले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनि सलमानबाट टाढा रहन चाहेको संकेत गरेकी थिइन् । एक अंग्रेजी वेबसाइटको समाचार अनुसार  लूलियाले अन्तर्वार्ताको क्रममा भनिन् ' भारत गएर मैले धेरै कुरा सिके । मैले हिन्दीमा गित गाउन सुरु गरे । केहि गायनका विषयमा पाठ पनि सिके । भारत र यहाँ धेरै अन्तर छ । भारतका मानिसहरुको मानसिकता, संस्कृती सबै फरक छ । त्यहा तपाईले ज्यादा प्राइवेसी पाउनु हुन्न । त्यहाँ एकै घरमा धेरै मानिसहरु बस्छन् ।'
 
एउटा प्रश्नको उत्तरमा लूलियाले भनिन् , 'हामीले यो पनि सिक्न आवश्यक छ कि भारतका गल्लिमा हिड्दा कस्तो कपडा लगाउने । मैले पछि मात्र थाहा पाए त्यहाँ मैले एक कार्यक्रममा लगाएको कपडा छोटो भएको रहेछ ।  मेरो कपडा तल देखि निकै छोटो भयो भने मलाई कसैले भन्यो ।' लूलियाले रोमानियामा चर्चित अभिनेत्री र प्रस्तोताको रुपमा सक्सेसफुल वुमेनको अवार्ड पाएकी छन् । लूलियाले सो तस्वीर आफ्नो इन्स्टाग्राम पेजमा पनि सेयर गरेकी छन् ।
 
लूलियालाई एक अन्तर्वार्तामा सलमानसँग प्रेम गर्ने बिषयमा सोधिएको थियो । उनले सो समय सलमान साथी मात्र रहेको बताएकी थिइन् । सलमान र लूलिया  तिब्बतका आध्यात्मिक गुरु दलाई लामासँग लद्दाखमा देखिएका थिए । सलमान लद्दाखमा चलचित्र  ‘ट्यूबलाइट’ को सुटिंगको लागि त्यहाँ पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ