arrow

बझाङमा माटोको ढिस्कोले पुरीएर ३ महिलाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ । घर पोत्नका लागी माटो खन्न गएका ३ जना महिलाको ढिस्कोमा पुरीएर मृत्यु भएको छ । शुक्रबार विहान  ९ बजे माटो खन्ने क्रममा  खिरातडी गाविस –२ की ४० वर्षीया  कान्तामती कार्की, सोही गाविस–८ की २८ वर्षीया विष्णादेवी पन्त, र सोही ठाँउकी ३२ वर्षीया पशुपती कार्कीको माटोको ढिस्कोले पुरीएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । 
 
घर पोत्न प्रयोग हुने रातो माटो खन्नको लागि गाँउ नजिकै काँटेगडा भन्ने ठाँउमा गएका  उनीहरुको  माटो निकाल्न खोज्दा ढिस्को खसेर पुरीदा घटना स्थलमै मृत्यु भएको हो ।  ढिस्कोले पुरीएको जानकारी पाएपछि स्थानीय र प्रहरीले उद्धार गर्न खोजे पनि माटो पन्छाउन ढिलाई भएका कारण तिनै जनाको  मृत्यु भएको बताइएको छ । वर्षेनी नयाँ वर्ष मा स्थानीय सँधै घरपोत्न रातो माटो निकाल्न जाने गर्दछन् । त्यसक्रममा हुने घटनाक्रममा महिलाले यसरी अकालमै मृत्युवरण गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ