arrow

यस्तो मन्दिर जहाँ प्रसादको रुपमा दिइन्छ बिर्‍यानी

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
mandir-biryani.jpg

काठमाडौं । सामान्यतया कुनै पनि मन्दिरमा  प्रसादको रुपमा मिठाइ। फलफूल वा पक्वान्न दिइन्छ । भारतमा एक यस्तो मन्दिर छ, जहाँ परम्परागत रुपमा मनाइने एक उत्सवमा भक्तहरुलाई बिर्‍यानीको प्रसाद दिइन्छ । भारतको तमिननाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा यस्तो प्रसाद दिइने गरिएको हो ।

यहाँको यो परम्परा सय वर्षभन्दा पुरानो हो । पछिल्लो उत्सव गत जनवरीमा भएको थियो । सो उत्सवमा १ हजार किलो चामल, २ सय ५० बाख्रा र ३ सय कुखुराको बिर्‍यानी बनाइएको थियो र भक्तहरुमा बाँडिएको थियो ।

मुनियण्डी स्वामीको मन्दिरको सो उत्सवमा भक्त मात्र सामेल हुँदैनन् । यो उत्सवमा वडक्कमपट्टी आउने कुनै पनि व्यक्तिलाई पूरै श्रद्धाको साथमा यहाँको प्रसाद खुवाइन्छ ।

द हिन्दूको प्रितिवेदनअनुसार वार्षिकरुपमा आयोजना हुने यो उत्सवका लागि ठूलो मात्रामा बिर्‍यानी बनाइने गरिएको छ । देशको फरकफरक हिस्साबाट आउने भक्तका लागि उल्लेख्य मात्रामा बाख्रा र कुखुराको बलि दिइने गरिन्छ ।

यो उत्सवमा मुनियण्डी स्वामीका भक्तले नै यो प्रसाद तयार पार्ने गरेका छन् । पूरै रात जागा भएर तयार गरिने यस किसिमको बिरायानी बिहान ४ बजे तयार गरिन्छ र ५ बजे भक्तलाई वितरण गरिन्छ ।   वडक्कमपट्टीमा करीब सबै मानिसहरु बिर्‍यानीका पारखी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ