सडकमा सीम बेच्ने युवक: ४० अर्बका मालिक

प्रकाशित मिति : २०७५ फाल्गुण ९ बिहिबार

काठमाडौं । भनिन्छ कि कुनै पनि मानिस केही फरक गर्ने प्रयास गर्छ भने सफल हुन्छ । केही नयाँ गर्न सकेको खण्डमा मात्र उसलाई अघि बढ्न निकै सहज हुने गर्छ । भारतका २५ वर्षीय रितेश कुमार पनि केही नयाँ सोचको कारण सफल व्यवसायी बनेका व्यक्ति हुन् ।

कुनै समय उनी सडकमा बसेर मोबाइल सीमकार्ड बेच्ने काम गर्थे । तर अहिले उनीसँग ४० अर्बनेपाली रुपैयाँभन्दा बढीको सम्पत्ति छ । भारतको ओडिशा राज्यका यी युवाले जीवनमा कहिल्यै पनि अर्बपति हुन्छु भन्ने सोचेका थिएनन् । रोचक कुरा त उनीसँग पढाइ पूरा गरेको कुनै प्रमाणपत्र छैन । उनले सामान्य विद्यालयको पढाइ पूरा गरेका थिए ।

१९९३ मा जन्मिएका यी युवाले १९ वर्षको उमेरमा एक कम्पनी खोलेका थिए । जसको नाम ओयो रुम्स थियो । यो कम्पनी अहिले भारतको मात्र नभई केही अन्य मुलुकमा पनि आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले पनि यो कम्पनी तीव्र गतिमा अघि बढिरहेको छ ।

रितेशले टीभीको रिमोटलाई आफ्नो नियन्त्रण राख्ने इच्छाको कारण यो कम्पनीको शुरुवात गरेका थिए । त्यतिबेला यो सम्भव थिएन । उनी सानोमा आफन्तकोमा बस्थे । उनी कार्टुन हेर्न चाहन्थे तर आफन्तको परिवारले उनलाई उक्त च्यानल हेर्न दिँदैनथे ।
उनले सन् २०१३ मा आफ्नो कम्पनीको शुरुवात गर्दा उनीसँग १०–१२ जना मानिस र आईआईटी, हार्वर्ड बिजनेस स्कुलका करिब २ सय मानिस थिए । अहिले उनको कम्पनीमा हजारौं कर्मचारीहरु काम गर्छन् ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ