काठमाडौँ। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज भेटवार्ता भएको छ। पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेता पौडेलले मधेसको समस्या समाधान गर्न काँग्रेस प्रतिबद्ध रहेको जानकारी गराएका थिए।
उनले नेपालमा सफलतापूर्वक संविधान जारी भएको र त्यसको कार्यान्वयन अघि बढाउने विश्वाससमेत व्यक्त गरको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।
सो अवसरमा नेता पौडेलले महाधिवेशनपछि पार्टीको एकता कायम गरेर अघि बढ्न प्रतिबद्ध रहेको समेत अवगत गराएका थिए। भेटमा नेपालका लागि भारतीय राजदूत रायले काँग्रेसको महाधिवेशन र समसामयिक विषयका बारेमा चासो राखेका थिए।
काँग्रेस महाधिवेशनपछि रायले नवनिर्वाचित सभापति शेर बहादुर देउवासँग भेटीसकेका छन। रायले शुक्रवार पौडेलसँग पनि भेटी काँग्रेस महाधवेशनको परिणाम बारे पनि केहि चर्चा गरेका थिए।