arrow

५जीको प्रचारमा किन चीनभन्दा पछाडि छ अमेरिका ? 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ११ शनिबार
5G2.jpg

काठमाडौं । नयाँ पुस्ताको इन्टरनेट ५जीको चर्चा पछिल्लो समय निकै चुलिएको छ । यसका लागि विश्वका प्रमुख दुई अर्थतन्त्र अमेरिका र चीन रस्साकस्सीमा  छन् । यो प्रविधिको चर्चा अहिले विश्वभर चुलिएको छ । यसको क्षमताको विषयमा पनि विश्वभर एक किसिमको चर्चा र चासो पनि बढेको छ । 

‘यसको मार्केटिङमा भने हामी पछाडि छौं’, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेम्स जोनले भने । उनी बाराक ओबामाको पालानामा सुरक्षा सल्लाहकार थिए भने जर्ज डब्ल्यू बुसको पालामा नाटो फोर्सको प्रमुख कमाण्डर थिए । 

एक सुरक्षा सम्मेलनमा बोल्दै उनले चीनले एसियन मुलुकलाई यो प्रविधिमा अघि बढ्नका लागि प्ररित गरेको र सस्ता उत्पादनहरु बिक्री पनि गरिरहेको बताए । 

निकै छिटो गतिको इन्टरनेट ५जी मोबाइल इन्टरनेटले डिजिटल अर्थतन्त्रमा नयाँ क्रान्तिको शुरुवात गर्ने अपेक्षा गरिएको छ । यसले  स्वचालित कार र इन्टरनेटको माध्यमबाट चल्ने उपकरणको व्यापक मात्रामा विस्तार हुने अपेक्षा छ । जोनका अनुसार यो प्रविधि यो शताब्दीकै सबैभन्दा महत्वपूर्ण हुनेछ । 

आगामी पुस्तामा आउन आउन लागेको वायरलेस कलेक्टीभिटीले सामाजको एक किसिमको संरचना नै परिवर्तन गर्ने विश्लेषकहरु बताउँछन् । विशेषगरी बैंकिङदेखि चिकित्सा क्षेत्रसम्ममा यो प्रविधिको प्रयोग गरिनेछ । साथै ‘स्मार्ट सिटी’लगायतका महत्वाकांक्षी योजनामा  पनि यसको महत्वपूर्ण भूमिका हुनेछ । 

चिनियाँ कम्पनीहरु र हुवावेईले विशेषगरी यो प्रविधिको विस्तारमा अन्तर्राष्ट्रिय दबाबको सामना गर्दै आएका छन् । जसमा अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानले उनीहरुको नयाँ प्रविधिलाई अस्वीकार गर्ने निर्णय गरिसकेका छन् । उक्त कम्पनीले चीनको लागि सुराकी गर्नसक्ने भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगिएको हो । चिनियाँ कम्पनीहरु भने यसलाई अस्वीकार गर्दै आएका छन् ? 

जोन्सका अनुसार नयाँ प्रविधि जसको हातमा हुन्छ आगामी दिनमा त्यो नै विश्वको एक प्रमुख सञ्चालक हुनेछ । त्यसका लागि चीन निकै अगाडि छ । चीनले विश्वलाई अहिले आफ्नो प्रविधिको विज्ञापन सस्तो, भरपर्दो र कुनै समस्या नहुने किसिमको रहेको भन्दै गर्दै आएको छ । 

चिनियाँ कम्पनीले आफ्नो प्रविधिले नभनेको कुरा कसैसँग पनि यो प्रविधि साझा नगर्ने, कसैलाई पनि यसबारे तालिम नदिने, यसको सुरक्षा कोड कसैलाई नदिने, साथै उक्त मुलुकसँग कुनै सहकार्य नगर्नेजस्ता विषयमा भने उनीहरुले केही बताएका छैनन् । 

अमेरिका भने त्यसको ठीक विपरीत किसिमको ५जी विस्तार गरिरहेको छ । यो निकै सुरक्षित रहेको अमेरिकाको दाबी छ । हुवावेईका प्रवक्ताले यसअघि नै कुनै पनि मुलुकमा कम्पनीमाथि प्रतिबन्ध लाग्नुको कारण नरहेको बताएका छन् । हुवावेईलाई रोक लगाउँदा आगामी दिनमा कम गुणस्तरको लागि धेरै पैसा खर्चिनुपर्ने समस्या उनीहरुले भोग्नुपर्ने चेतावनी उनले देखाएका छन् । 

जोन्सले भने ५जीका लागि सहयोगी मुलकको लागि अमेरिका राम्रो विकल्प रहेको बताएका छन् । उनले सस्तो उत्पादनले आगामी दिनमा सबै गोपनीयता, बौद्धिक सम्पत्ति र महत्वपूर्ण सूचनाहरु चीनलाई सुम्पिनुपर्ने बताएका छन् । 

हुवावेईका प्रवक्ताले भने जोन्सको प्रतिक्रियामा हुवावेईले कुनै मार्केटिङ मात्र नभई हुवावेई अमेरिकी कम्पनीभन्दा यो मामिलामा रहेको प्रमाण भएको बताए । ५जी विश्वभर आउँदा हुवावेई सबैभन्दा अगाडि रहने उनको भनाइ छ । उनले हुवावेईले अर्बौंको लगानी यो प्रविधिमा गरेको र सुरक्षाका लागि विश्वका अन्य मुलुकसँग पनि सहकार्य गरिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ