arrow

होमवर्कका लागि बालिकाले किनिन् रोबोट 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन ११ शनिबार
robot.png

काठमाडौं । बालबालिकालाई होमवर्क गराउनु कुनै पनि अभिभावकको लागि एक कठिन काम हो । चीनका एक छात्राले भने सबैलाई चकित पार्दै रोबोटको सहयोगमा होमवर्क गरेकी छिन् । उनले यो रोबोट  १ सय २० डलरमा किनेकी थिइन् । 

१५ वर्षीया यी बालिकाले चिनियाँ नयाँ वर्षको अवसरमा पाएको पैसा बचाएर रोबोट किनेकी थिइन् । रोबोट कसैको लेखाइको नक्कल गर्न सक्छ । यससँगै रोबोटको काँधमा होमवर्कको जिम्मा आएको हो । किताबबाट कुनै अनुच्छेद सार्नु परेको खण्डमा रोबोटले सहजै त्यो काम गरिदिन्छ । 

रोबोटले यति छिटै होमवर्क सकाएको देखेर शुरुमा बालिक चकित परेकी थिइन् । उनलाई रोबोटको बारेमा थाहा थिएन । 

यद्यपि उनकी आमालाई यो कुरा थाहा भएपछि उनले रिसाएर रोबोट फुटाइदिएकी थिइन् । धेरै मानिसले उनले यसरी होमवर्क गर्नु चिटिङ भएको बताए पनि धेरैले उनको यो कामको तारिफ गरेका छन् । 

चीनमा बालबालिकालाई धेरैजसो सार्ने होमवर्क दिइन्छ । यसको उद्देश्य हजारौं चिनियाँ अक्षर चिनाउनु रहने गरेको छ । विश्वका धेरै क्षेत्रमा भने यस किसिमको होमवर्कमा प्रश्न चिन्ह उठ्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ