- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चाहे राजनीतिक आन्दोलन होस् वा विद्यार्थी आन्दोलन पुतलीसडकमा रहेको शंकरदेव क्याम्पस सधै चर्चामा हुन्छ । तर अरुबेला देखिने दृश्य भन्दा बिल्कुल फरक दृष्य शुक्रबार क्याम्पसमा देखियो ।
बर्दी लगाएको प्रहरी क्याम्पस हाताभित्र देख्न बित्तिकै लाग्छ की क्याम्पसमा कुनै घटना नै भयो । विभिन्न माग र विद्यार्थीको आन्दोलनमा सुरक्षाका लागि देखिने प्रहरीमाथि धेरै पटक त्यही क्याम्पसमा ढुुङगा हान्न तम्सिने विद्यार्थीहरु जब महानगरीय प्रहरी वृत सिंहदरबारका प्रहरीहरु हातमा ल्यापटप र समुदाय–प्रहरी साझेदारी लेखिएको ब्यानर बोकेर क्याम्पसमा प्रवेश गरे त्यहाँको माहोल नै फरक देखियो ।
प्रहरीको प्रशिक्षणका लागि प्रतिक्षारत विद्यार्थीहरु क्याम्पस हाताको तल कम्पाउण्डसम्म ओर्लेर क्याम्पसभित्र प्रवेश गरेका प्रहरीलाई स्वागत गर्दै प्रशिक्षण हलसम्म लिएर गए ।
महानगरीय प्रहरी वृत्त सिंहदरवार र शंकरदेव क्याम्पसले आयोजना गरेको साइवर अपराध विरुद्धको प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरु पुरा समय कार्यक्रममा बसेर उत्सुकतापुर्वक सहभागी भए । यस प्रकारको क्याम्पसको माहोल विरलै हुने गरेको विद्यार्थी दिपक ओझाले बताए ।
शंकरदेव क्याम्पस र महानगरीय प्रहरी वृत सिंहदरबारले संयुक्त रुपमा सोही क्याम्पसको कक्षा हलमा चलाएको साइवर अपराध न्युनिकरण बिषयक चेतनामुलक प्रशिक्षण कार्यक्रममा क्याम्पसका बिबिएस दोश्रो तहमा अध्यनरत १ सय २० बढी बिधार्थीहरुको सहभागीता रहेको थियो ।
बिशेष गरि आजको युवा पुस्ता जानी नजानी साइवर जस्तो गम्भिर अपराधमा फस्दै गैरहेको अहिलेको अबस्था बीच समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत क्याम्पसमा पहिलो पटक बिबिएस स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई साइवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण दिइएको महानगरीय प्रहरी वृत्त सिंहदरवारका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।
प्रशिक्षणमा साइवर अपराध भनेको के हो ? नेपालमा के कस्ता साइवर समस्या रहेको छ ? यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न के–कस्ता उपायहरु अबलम्बन गर्नु पर्दछ ?र साइवर अपराधमा संलग्नलाई हुने कानूनी कारवाहीको प्रकृया र व्यबस्थाको बारेमा प्रहरी निरीक्षक पाण्डेले जानकारी गराएका थिए ।
युवा विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको प्रशिक्षण निकै प्रभावकारी भएको सहायक क्याम्पस प्रमुख धनराज चालिसेले बताए । युवा उमेर समुहबाटै प्रायः साइवर अपराध जस्ता घटना हुने र यसको पीडित पनि युवा वर्ग हुने भएकाले युवाहरुलाई यो प्रशिक्षण निकै प्रभावकारी भएको अर्का विद्यार्थी विवेक लामाले बताए ।
महानगरीय प्रहरी वृत सिंहदरवारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायका विभिन्न संघसंस्था तथा विद्यालयमा पुगेर सचेतना मुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।