arrow

श्रीदेवीको पहिलो वार्षिकी, यस्तो छ बोनी र नान्हवीसंगको किस्सा

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
sridevi.jpg

काठमाडौं । आइतबार फेब्रुअरी २४ तारिख । सन् २०१८ को यसै दिन बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको थियो । ५४ वर्षको उमेरमा उनको दुबईको एक होटलमा बाथटबमा डुबेर मृत्यु भएको थियो । 

करियरमा ३०० फिल्ममा काम गरेकी श्रीदेवीको मृत्युले बलिउड निकै मर्माहित भएको थियो । 

उनको मरण अप्रत्याशित थियो । श्रीदेवीको पहिलो हिन्दी फिल्म ‘रानी मेरा नाम’ थियो । सन् १९७२ मा आएको उक्त फिल्ममा उनको भूमिका बालकलाकारको थियो । 

बालकलाकारका रुपमा उनले अन्य भाषाका फिल्ममा पनि खेलेकी थिइन् । 

श्रीदेवीले ४ वर्षकै उमेरमा तमिल फिल्म ‘कंधन करुनाई’मा डेब्यु गरेकी थिइन् । हिन्दी भाषाको रानी मेरा नाम गर्दा उनी ९ वर्षकी थिइन् । 

त्यसअघि ६ वर्षकी हुँदा मलयालम ‘कुमार संभव’ र ७ वर्षकी हुँदा तेलुगु ‘मां नन्ना निर्दोषी’ खेलेकी थिइन् ।  
 

१६ वर्षकी छँदा उनको ‘सोलवां सावन’ आएको थियो । 

उनको अन्तिम फिल्म ‘माँम’ थियो । 
चार दशकबढी निरन्तर फिल्मी दुनियाँमा देखिएकी श्रीदेवीले छिटोछिटो फिल्म खेलेर आफ्नो जीवन सकाएकी थिइन् । 

उनलाई उनका पति बोनी कपूरले १० लाख भारुको सट्टा ११ लाख दिएर फिल्ममा साइन गरेका थिए । 

बलिउडले आइतबार उनलाई विशेष रुपले सम्झिरहेको छ । भारतीय संचारमाध्यमले पनि राम्रो स्थान दिएका छन् । 

श्रीदेवीकी छोरी जान्हवी कपूरले गत वर्ष नै फिल्म खेलेकी थिइन् । जान्हवीको डेब्यु फिल्म ‘धडक’ ले राम्रो सफलता हासिल गरेको थियो । 

श्रीदेवीको अभिनय जिवन्त हुने गरेको थियो । उनको नकारात्मक भूमिकाको फिल्म हेरेर जान्हवी श्रीदेवीसंग रिसाएर बोलेकी थिइन् – तपाई खराव हुनुहुन्छ ।

‘सदमा’ भन्ने चलचित्र हेरेर जान्हवी श्रीदेवीसंग तीन दिन बोलेकी थिइनन् । जान्हवी त्यतिबेला ६ वर्षकी थिइन् । -ef:s/ b}lgsaf6_


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ