arrow

क्रिष्टल प्यालेसलाई २१ वर्षपछिको सफलता : एफए कपको सेमिफाइनल यात्रा तय

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
crystal-palace.jpg.jpeg

एजेन्सी । क्रिष्टल प्यालेस एफए कप फुटबलको सेमिफाइलनमा पुगेको छ । शुक्रबार राति भएको क्वार्टरफाइलनमा रिडिङलाई २–० हराउँदै सेमिफाइलनमा पुगेको हो । ८५औं मिनेटमा रिडिङका जेक कूपर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा खुम्चिएको च्याम्पियन रिडिङलाई राउँदै क्रिष्टिल पछिल्लो २१ वर्षमा पहिलो पटक एफए कपको अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

क्रिष्टिल प्यालेसको जिताउन ८६औं मिनेटमा योहन कबायले पेनाल्टीमार्फत गोल गरे । यस्तै अन्तिम समयमा फ्राइजर क्याम्पबेलले एक गोल थप्दै टोलीलाई २–० को जित दिलाए । १९९० मा लिभरपुलविरुद्ध सेमिफाइनल जितेको इतिहास रचेको प्यालेसले यसपटक पनि इतिहास रच्ने बलियो आधार बनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ