arrow

‘मेलम्चीको मुद्दा अन्तराष्ट्रिय अदालतमा गयो भने सिएमसीसँग नेपालले हार्छ’ 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
badri_pandey.jpg

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेको बद्रि पाण्डेले मेलम्ची खानेपानी आयोजनामा मन्त्री र सचिव भन्दा ठूला मानिस संलग्न भएको आरोप लगाएका छन् । काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको पवित्र चाहाना र काठमाडौं उपत्यकाबासीको वर्षाैदेखिको सपना नेताहरुको कारण अनिश्चय र अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् । 

सरकारले विदेशी ठेकेदारलाई आफ्नो नियमनमा राख्न नसक्ने सरकार यति कमजोर भईसकेको हो ? भन्दै सरकारलाई प्रतिप्रश्न पनि गरेका छन् । उनले यसको पृष्ठभूमिमा रहेको सबै विषयहरुबारे आफूहरु जानकार रहेको भन्दै उनले यो भित्र लुकेको बदनीयतका कारण मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दी बनेको आरोप लगाए । 

भूकम्प र नाकाबन्दीको कारण एक वर्ष काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले एक अर्ब ६५ करोडको क्षतिपूर्ति दाबी गरेको थियो । तर, सरकारले त्यो दिनसक्ने अवस्था ननिस्किएपछि दुबै पक्ष सम्मिलित एउटा समस्या निरुपण गर्ने समितिले उक्त कम्पनीलाई ३६ करोड रुपैयाँ दिनुपर्ने निष्कर्ष निकाल्यो । उनले तत्कालीन सचिव गजेन्द्र ठाकुरको उक्ति स्मरण गर्दै सरकारका मन्त्री, प्रधामन्त्री र ठूला दलका प्रमुखहरुले समेत अहिले क्षतिपूर्ति नदिनु भनेको कारण ठेकेदार कम्पनीले आफ्नो हात माथि पार्ने गरी ठेक्का सम्झौता तोडेको स्मरण पनि उनले गरे । 

उनले सो विदेशी कम्पनीले ठेक्का तोडेपछि ढुक्कको महसुस गरेको सरकारले विदेशी कम्पनीका व्यक्तिहरुलाई प्रहरी नियन्त्रणमा लिने र धरपकड गर्ने काम समेत गरेको आरोप पनि उनले लगाए । यो सबै पृष्ठभूमिले भोलि सिंगापूरामा रहेको अन्तराष्ट्रिय अदालतमा मुद्दा प¥यो भने सरकारले हार्ने स्थिती रहेको समेत उनले बताए । 

त्यो बेला ३६ करोड क्षतिपूर्ति दिन पनि तयार भएर त्यो कम्पनीलाई फर्काउन आग्रह गर्दा उसले नेपालमा आफू असुरक्षित रहेको कुरा जाहेर गरेको खुलाशा समेत उनले गरे । त्यो कम्पनीले मेरो गैरकानूनी रुपमा पासपोर्ट जफत भएको भन्दै उसले सिंगापुर बोलाएको उनले बताए । यसरी सरकारले अनधिकृत रुपमा यसरी सिंगापुर गएको सरकारी टोलीले साच्चिकै त्यो ठेकेदार कम्पनी नेपालमा सुरक्षा नभएकोले सिंगापुरमा गएको भन्ने प्रमाण पुष्टि गराएको आरोप समेत लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ