arrow

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

logo
एएनआई,
प्रकाशित २०७५ फागुन १२ आइतबार
evan-williams-twitter.jpg

क्यालिफोर्निया। सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन्। उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताए। हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य थिए। सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए। कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ