arrow

१९ वर्षपछि सञ्जय लीला भंसालीसँग काम गर्दै सलमान खान

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
salmam-sanjay.jpg

काठमाडौं । बलिउड निर्देशक सञ्जय लीला भंसालीको आगामी चलचित्रमा भारतीय सुपरस्टार सलमान खान मुख्य भूमिकामा देखिनेछन् । भंसाली प्रोडक्सनकी सीईओ प्रेरणा सिंहका अनुसार एक प्रेम कहानीका लागि अभिनेता–निर्माता एकसाथ आउन लागेका हुन् ।

प्रेरणाले एक बयानमा १९ वर्षपछि सलमान खान र संजय लीला भंसाली एक साथ आउन लागेको जानकारी दिएकी हुन् । यो फिल्म प्रेमकथामा आधारित हुनेछ । उनले यो कहानीका लागि उनीहरु एकसाथ आउनु राम्रो हुने पनि बताइन् ।

भंसालीले सन् १९९९ मा ‘हम दिल दे चुके सनम’ फिल्ममा सलमान खानसँग काम गरेका थिए । यो फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि थिए । खान भंसालीको फिल्म ‘सांवरिया’मा देखिएका थिए । यो फिल्ममा रणवीर कपूर र सोनम कपूरले पनि फिल्मी क्षेत्रमा पदार्पण गरेका थिए ।

अहिले सलमान खान ‘भारत’ फिल्मको शुटिङमा व्यस्त छन् । फिल्ममा उनको साथमा कट्रिना कैफ, दिशा पाटनी, तबू, सुनील ग्रोवर र जैकी श्राफपनि देखिनेछन् । यो फिल्म २०१९ को ईदको अवसरमा रिलिज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ