arrow

ला लिगामा मालागा जित्यो

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
malaga.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा मालागाले स्पोर्टिङ गिजोनलाई हराएको छ । शुक्रबार राति घरेलु मैदानमा मालागाले गिजोनलाई १–० ले हराएको हो । मालागालाई विजयी गराउन खेलको २५औं मिनेटमा हुवाँपीले गरेको गोल नै निर्णायक बन्यो ।

जितसंगै मालागा अंक लातिकाको ८औं स्थानमा उक्लिएको छ । गिजोन भने रेलिगेशन क्षेत्रमा छ । २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ तथा तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ । ५३ अंकको भिल्लारियल शीर्ष चार भित्रै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ