arrow

सार्क मन्त्रिस्तरीय बैठकको तयारी भोलिसम्ममा सम्पन्न गरिने

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
saarc-1416946412.jpg.jpeg
पोखरा। आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क पराराष्ट्र मन्त्रिस्तरीय बैठकको तयारीबारे मूल व्यवस्थापन सहयोग समितिले समीक्षा गरेको छ । समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको अध्यक्षतामा क्षेत्रीय प्रशासन कार्यालयको सभाकक्षमा आज सम्पन्न बैठकले तयारीस्वरुप भइरहेका कामको समीक्षा गर्दै भोलिसम्म बाँकी सम्पूर्ण काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
 
उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार बैठकमा विभिन्न विषयगत समितिबाट भइरहेका कामबारे जानकारी गराइएको थियो । बैठकमा नायब शिष्टाचार महापाल राजाराम बर्तौला, मूल व्यवस्थापन सहयोग समिति, क्षेत्रीय सुरक्षा समिति तथा जिल्ला सुरक्षा समिति र विषयगत समितिका पदाधिकारीहरूको सहभागिता थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ