arrow

संसदमा विडारीको भावुक मन्तव्य : माफियाले देश लुटिसके, सरकार २० करोड कमिसनमा जनता बेचेर चलिरहेछ 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
ram_narayan_bidari.jpg

काठमाडौं । नेकपाका राष्ट्रिय सभा सांसद राम नारायण विडारीले गोर्खा भर्ति केन्द्रको नाममा बेलायती सेनामा महिला सैनिक पनि पठाउने तयारी विरुद्ध संसदमा आक्रोस पोखेका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विडारीले ब्रिटिसले युगौंदेखि देशभित्र छिरेर युवा र सक्षम नागरिकलाईै खोजी खोजी सरकारलाई पैसा तिरेर आफ्नो सेनामा भर्ति गराएको कुरालाई नेपाल सरकारले रोयल्टीको लोभमा स्वीकार गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले गोरखा गर्ति केन्द्र खोलेकै आधारमा बेलायतसँग नेपालको शासकहरुले २० करोड रोयल्टी खाने ग¥यो भन्ने भनाई बाहिर आएको भन्दै आउँछ भने कहाँ आउँछ ? र आउँदैन भने त्यो त्रिपक्षीय सन्धि कसरी चलिरहेको छ ? भन्दै सरकारसँग जवाफ माग गरेका छन् । उनले छोरा र छोरीलाई बेच्ने शासक विश्वमा कतैपनि हुन नहुने उनको बुझाई छ । 

उनले करिब एक सय ९० वर्षदेखि गरेको सलामी अझैसम्म चलेको भन्दै विदेशीले नेपाल छिरेर राम्रा र सज्जन, सुरा नेपाली जनतालाई छानी छानी विदेश लैजानु विश्व इतिहासमा कलंक रहेको दाबी समेत गरे । आजको बैज्ञानिक युगमा सरकारले वार्षिक पैसा बुझेर आफ्ना छोरा र छोरीलाई विदेश पठाउनु कत्तिको जायज हो ? भन्दै उनले प्रतिप्रश्न गरेका छन् । 

उनले प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धमा हजारौं नेपाली मारिएको भन्दै ती मारिएका नेपालीहरु अझैपनि अलपत्र परेको समेत संसदमा बताएका छन् । आफ्ना सन्तान मारिने तर, युद्ध अरुको देशका लागि हुने यो काम असंलग्न परराष्ट्र नीति अनुसार हुने हो कि होईन ? भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । तलब भत्ता पनि भनेजस्तो नदिने र उनीहरुलाई नागरिकता पनि नदिने यस्तो सन्धि पुनर्विचार गर्नुपर्छ कि पर्दैन ? भन्दै उनले प्रश्न गरेका छन् । 

अर्काै तर्फ देशमा भने सार्वजनिक जग्गामा लूटतन्त्र मच्चिएको आरोप लगाएका छन् । भूमाफियाहरुले उपत्यका र उपत्यका बाहिर भूमाफियाहरुले खाँदैछन् । गुठीको जग्गा र अरु नाममा दुई तीन आना जग्गाको जग्गा दर्ता रोकिने तर विगौं विगा जग्गा सजिलै दर्ता हुने गरेको छ । उनले माफिया तन्त्रलाई सखाप गर्नको लागि सरकारले काम गर्नुपर्छ कि पर्दैन ? भन्दै उनले प्रश्न गरेका छन् । 

उनले कमलपोखरीदेखि, रानीपोखरी हुँदै माछा पोखरीसम्म जतात्यतैको सार्वजनिक जग्गा भू माफियाले कब्जा गरिसकेको भन्दै उनले यसलाई सरकारले तत्कालै आवश्यक कदम चाल्दै सार्वजनिक जग्गाको संरक्षण गर्न समेत माग गरेका छन् । उनले जग्गा खुल्यो भनेर जाँदा ३ आना जग्गा खर्ता गर्ने नसक्ने तर विगौं विगा जग्गा भने कमिसनको आडमा सधैं दर्ता हुने प्रक्रिया तत्काल रोक्न पनि उनले माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ