arrow

सिरियाली प्रतिपक्षले जेनेभा शान्तिवार्तामा सहभागीता जनाउने

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
siriya.jpg.jpeg
बेरुत । सिरियाको प्रमुख प्रतिपक्षीको उच्चस्तरीय वार्ता समितिले शुक्रबार आफ्नो समूह जेनेभामा हुने शान्ति वार्तामा सहभागिता जनाउने बताएको छ । उच्चस्तरीय वार्ता समिति (एचएनसी) ले एक वक्तव्य जारी गर्दै आफू सरकारसँग जेनेभामा हुने शान्ति वार्तामा अन्तर्राष्ट्रिय पहलकदमीको स्वागत गर्दै सरकारसँग अप्रत्यक्ष रुपमा वार्तामा बस्ने जनाएको छ । 
 
अन्तर्राष्ट्रिय समुदायको पहलमा सिरियामा जारी रक्तपातको अन्त्य र राजनीतिक सङ्कट समाधान गर्न मार्च १४ मा हुने वार्तामा राष्ट्रको राजनीतिक एवम् सामाजिक विषयमा छलफल गर्ने यसबाट निस्केको निचोडलाई पालना गर्न प्रतिपक्षी दल तयार भएको सिरियास्थित संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताए । सिरियाली सरकारको निकट स्रोतले पनि वार्तामा बसार अल असादको प्रतिनिधिमण्डल यसैसाता जेनेभा जाने यसअघि नै जनाइसकेको छ । 
 
प्रतिपक्षी दलका तर्फबाट समितिले वार्ताका क्रममा सिरियामा व्याप्त द्वन्द्व अन्त्य गर्न दुवै पक्ष सम्मिलित पूर्ण कार्यकारी अधिकारसहितको सङ्क्रमणकालीन प्रशासन संयन्त्र निर्माण गर्नेपर्नेमा जोड दिइएको छ । सिरियामा वर्तमान राष्ट्रपति बसार अल असादको सरकार र गैरजिहादी विद्रोहीबीच चल्दै आएको युद्धका कारण दुई लाख ७० हजार सिरियाली नागरिकको मृत्यु भएको र स्वदेश तथा विदेशमा गरी लाखौँ मानिस विस्थापित भएका छन् । 
 
सिरिया युद्धका कारण लाखौँ मानिसको एक स्वतन्त्र नागरिकका रूपमा स्वदेशभित्र रहन पाउनुपर्ने अधिकारको हनन् भएको र मध्यपूर्वको आन्दोलनका कारण युरोपमा शरणार्थी समस्या विकराल भएको छ । रसिया र संयुक्त राज्य अमेरिकाको पहलमा सत्तासिन दल र विद्रोहीबीच केही दिन पहिले युद्धबिराम गराइएको थियो । त्यसअघि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिवार्ताका लागि दुवैपक्षलाई जनेभामा वार्तामा बस्न आग्रह गरिए पनि सो पहलले सार्थकता पाएको थिएन । यद्यपि सिरियामा जारी द्वन्द्व भने केही मत्थर भएको थियो । 
 
पुनः रसिया र अमेरिकी पहलमा युद्धबिराम गराइए पनि दुवै पक्षबीच द्वन्द्वग्रस्त यस मध्यपूर्वी मुलुकको समस्या समाधानका लागि सार्थक वार्ता भने हुन सकेको छैन । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ