arrow

यी एप्सले फेसबुकलाई दिन्छन् तपाईँको गोप्य जानकारी

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
facebook.jpg

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालमा धेरैपटक प्रयोगकर्ताको गोप्य जानकारी चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ । तर, फेसबुकले प्रत्यक्षरुपमा भने प्रयोगकर्ताको विवरणहरु चोरी गर्दैन । यसका लागि केही एपहरु छन्, यिनीहरुले फेसबुकलाई सूचना पुर्‍याउने गर्छन् ।

द वाल स्ट्रिट जर्नलको एक प्रतिवेदनमा ११ यस्ता एप उल्लेख गरिएको छ । जसले फेसबुकलाई विवरणहरु चोरी गर्ने गरेको छ । जसमा पाँच फिटनेस एपदेखि शपिङ एप्ससम्म रहेका छन् । यिनीहरुले प्रयोगकर्ताको अनुमति लिएर उनीहरुको सबै जानकारी फेसबुकलाई पठाउँछन् ।

यसरी एपहरुले पठाउने सबै जानकारीहरु धेरै हदसम्म व्यक्तिगत किसिमको हुन सक्छ । जसमा महिलाको महिनावारी सम्मको विवरण सामेल हुने गरेका छन् । फेसबुकमा नभएका मानिसहरुको पनि जानकारी यी एपले फेसबुकलाई दिने गरेको छ ।

प्रतिवेदनमा ११ मध्ये ५ वटा एपहरु उल्लेख गरिएको छ । जुन यसप्रकार छन् –
१. फ्लो पिरियड एण्ड ओभुलेसन ट्र्याकर : यो एपले महिलाको महिनावारीसँग जोडिएका जानकारीहरु शेयर गर्ने गर्छ ।
२. रियलटोर डटकम : यो एपले प्रयोगकर्ताको लोकेशन र अंकित मूल्यसँग जोडिएका विवरणहरु शेयर गर्ने गर्छ ।
३. बेटरमी: यो फिटनेस एस प्रयोगकर्ताको तौलसँग सम्बन्धित जानकारीका साथै प्रयोगकर्ताको उचाइलगायतका विवरणहरु फेसबुकसँग शेयर गर्ने गर्छ ।
४. ब्रीद : यो मेडिटेशन एप हो । यसले प्रयोगकर्ताको नाम र ठेगाना फेसबुकलाई पुर्‍याउने गर्छ ।
५. इन्स्ट्यान्ट हार्ट रेट-एचआर मोनिटर: यो एप पनि स्वास्थ्यसँग सम्बन्धित जानकारी फेसबुकलाई पठाइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ