arrow

किन सचिन तेन्दुलकरको जीवनीमा बन्ने फिल्ममा खेल्न चाहन्छन् अनिल कपुर ?

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
anil-kapoor-Sachin.jpg

काठमाडौं । भारतीय अभिनेता अनिल कपुर आफ्नो आगामी फिल्मको तयारीमा छन् । उनी छिटै नै आफ्नो छोराको साथमा अभिनव बिन्द्राको जीवनमा बनेको चलचित्रबाट दर्शक माझ आउँदैछन् ।

त्यसका साथै उनी भर्खरै सार्वजनिक भएको फिल्म ‘टोटल धमाल’लाई लिएर चर्चामा छन् । उनले सचिन तेन्दुलकरको जीवनमा बनेको चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

अनिल कपूरले केही समयअघि मात्र आईएएनएससँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले एक अन्तर्वाताको क्रममा आफू सचिनको ठूलो प्रशंसक भएकोले आफू सो फिल्ममा खेल्न चाहेको बताएका हुन् ।

अहिले उनको फिल्मले बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । यो फिल्ममा उनी माधुरी दीक्षितको साथमा देखिएका छन् । उनले यो फिल्ममा माधुरीको भूमिकाको पनि प्रशंसा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ