काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको लागि मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेबाट मतगणना सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य पदको खुल्ला २५, आरक्षणको ४ फरक फरक पदको २१ र प्रदेशको १४ सबैको मत गणना जारी रहेको नेपाली कांग्रेस पार्टी कार्यलयका सचिव प्रदिप पराजुलीले जानकारी दिए। खुला तर्फको मत गणनामा नेता शेखर कोइराला अग्रस्थानमा रहेका छन् भने खुमबहादुर खड्का र प्रकाशमान सिंह क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
दलित आरक्षण तर्फ गए राति सम्मको १००० मत गणना गर्दा पुरुष तर्फ जीवन परियारले अग्रता लिएका छन। उनलाई दुई विश्वकर्मा नेताहरुले पछ्याएका छन्। यसरी पछ्याउनेहरुमा मीन बहादुर र मीन विश्वकर्मा रहेका छन्। महिलामा भने लक्ष्मी परियार र सुजता परियारले फराकिलो अग्रता लिएका छन्। दलित आरक्षणमा अगाडी रहेका जीवन परियार बाहेक मीन बहादुर, मीन विश्वकर्मा, लक्ष्मी परियार र सुजता परियार सबै देउवा समुहका रहेका छन्।
यसैगरि महिला तर्फ कमला पन्त , अम्विका बस्नेत , इश्वरी न्यौपाने, डा. डिला संग्रौला , रिता खनाल, प्रमिला र्राई, रुक्मिणी कोइराला र सरिता प्रसाई अग्रस्थानमा रहेका छन् । महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ।