arrow

सभापति देउवाले भने 'नेविसंघको महाधिवेशन ६ महिनाभित्रै गराउँछु'

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
ser-bahadur-deuwa.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भातृ संस्था नेपाल विद्यार्थी संघको चुनाव ६ महिनाभित्रै गराउने आश्वासन दिएका छन्। आफूलाई भेट्न आएका संघका नेता कार्यकर्ताहरुलाई देउवाले नेपाल विद्यार्थी संघलाई सधै तदर्थवादमा नचलाउने प्रष्ट पारे। 
 
नेविसंघका पूर्व सभापति समेत रहेका देउवाले विद्यार्थी नेताहरुलाई आवश्स्त पार्दै भने ' ६ महिनाभित्र महाधिवेशन गराउँछु। नेविसंघको महाधिवेशन पार्टीबाट निर्णय गराएरै गराउँछु।'
 
तत्कालिन पार्टी सभापति शुसिल कोइरालाको पालामा नेविसंघको महाधिवेशन गर्न नसकेको र जहिले पनि गर्ने भन्दै पछि सारिएकोमा तत्कालिन वरिष्ठ नेताको हैसियतमा रहेका देउवा असन्तुष्ट रहँदै आएका थिए। 
 
पार्टी सभापति भएपछि आफूलाई शुभकामना र वधाई दिन आएका नेविसंघका नेताहरुलाई देउवाले ६ महिनाभित्र महाधिवेशन गराउने र त्यसका लागि पार्टीको चुनावमा जस्तै निर्वाचन समिति बनाएर कामको जिम्मा लगाउने पनि बताएको विद्यार्थी नेता वलदेव तिमिल्सिनाले हाम्राकुरा डटकमलाई बताए। 
 
नेपाली काँग्रेसको नयाँ नेतृत्व पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन समयमै गराउने पक्षमा रहेको उल्लेख गर्दै देउवाले सबै विद्यार्थीहरुलाई अब महाधिवेशनको मनस्थितिमा रहेर काम गर्न पनि निर्देशन दिए। 
 
देउवालाई भेट्न कुन्दन काफ्ले, वलदेव तिमिल्सिना लगायतका करिव ४ दर्जन विद्यार्थी नेता कार्यकर्ताहरु गएका थिए। 



नयाँ