arrow

फेरि भेटियो सबैभन्दा ठूलो प्रजातिको माहुरी

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
bee.jpg

काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्रजातिको माहुरीको लामो समयपछि पुन: फेला परेको छ । सन् १९८१ मा यो प्रजातिको माहुरी देखिएको थियो र त्यसयता देखिएको थिएन । गत जनवरीमा विशेषज्ञको एक टोलीले इन्डोनेसियाको जंगलमा सो माहुरी फेला पारेको हो ।

सो माहुरीको अकार मानिसको एक औलाबराबरको छ । उक्त माहुरी इन्डोनेसियाको एक टापुमा पाइएको थियो । यसको नाम ‘वैलेस–जाइन्ट बी’ राखिएको छ । यसको नाम प्रकृतिवादी तथा शोधकर्ता रसेल वैलेसको नाममा राखिएको हो ।
 
यसको पहिलो तस्वीर लिने क्ले बोल्टले सो प्रजाति लोप भइसकेको अवस्थामा पनि पुन: फेला परेको बताएका छन् । उड्दा यसको पखेटाको चर्को आवाज सुन्न सकिन्छ ।  माहुरीको पखेटा ६ सेन्टिमिटर छ । यसले धमिराले खाएको काठमा आफ्नो घार बनाउँछ । यस किसिमका माहुरी तराई इलाकाका जंगलमा पाइन्छ ।



नयाँ