arrow

रिडमी गो ९ हजार मै पाइने, यस्ता छन् फिचर

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
PR-Thumbnail-REDMI-GO.png

काठमाडौँ । साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एन्ड्रोइड टीएम गो स्मार्टफोन  रिडमी गो ल्याएको छ । रिडमी गो ८ हजार ९ सय ९९ रुपैयामा पाइनेछ ।

एन्ड्रोइड टीएम गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ । रिडमी गो एन्ड्रोइड टीएम ८.१ ओरीयो टीएम ( गो एडिशन ) अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।

रिडमी गो को नयाँ एन्ड्रोइड फोनमा – ५.० इन्च एचडी डिस्प्ले, ३००० एमएएच ब्याट्रि, ८ एमपी एलइडी फल्यास  सहितको मेन व्याक क्यामेरा र ५ एमपी को सेल्फी फ्रन्ट क्यामेराको सुविधा छ । डियुल सिम स्लट भएको रिडमी गो मा १२८ जीबी कार्ड को माइक्रो एसडी स्लट रहेको छ । रिडमी गो कालो र नीलो रङ्गमा उपलब्ध छ, र साथै ८ जिबिको स्टोरेज क्यापेसिटि पनि रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ