arrow

गायिका मेलिना र देवेनको 'आजको दिन रमाईलो गरौं न एकैछिन'

logo
प्रकाशित २०७५ फागुन १३ सोमबार
melina-devan.JPG

काठमाडौं । चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा बहुप्रतिक्षित गीत ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ । गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो ।

गायक देबेनले  आज आफ्नो जन्मदिनको खुशिमा साङ्गितिक कोसेली दर्शक श्रोतालाई दिएको बताए । उनले भने, मेरो आज जन्मदिनको खुशिमा आजको दिन यो खुशी बाढ्न चाहान्छु ।

गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला,समयले काहाँ पुर्याउला भन्ने भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ । डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशाबादी रहेको गायक देवेनले बताएका छन् ।

 गायक देवेनकै शब्द रहेको गीतको भिडियो अर्जुन मुसहाङले गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाँङ्न गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ