arrow

संविधान कार्यान्वयनमा सबै दलको एकता आवश्यक : नेता नेम्वाङ

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
subash-nembang3.jpg.jpeg
इलाम। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले विगतको लामो प्रयासपछि जारी गरिएको संविधान कार्यान्वयनमा सबै दलको एकता आवश्यक रहेको बताए । इलाम नगरपालिका–३ सेरामा निर्मित शीतभण्डारको आज उद्घाटन गर्नुहुँदै नेता नेम्वाङले भने ‘‘संविधान जारी भइसकेपछि यसको कार्यान्वयन मुख्य पाटो हो, कार्यान्वयनमा सबै दल एक हुनुको विकल्प छैन ।’ नेपालको संविधान सबै कुराले सम्पन्न भएको जनाउँदै नेम्वाङले संविधान विश्वमै उत्कृष्ट छ, भने । 
 
भारतीय राजदूतावासको रु चार करोड ३९ लाख तीन हजार, नेपाल सरकारको रु ६७ लाख र इलाम नगरपालिका कार्यालयको रु ४९ लाख पाँच हजार गरी कुल रू पाँच करोड ४९ लाख ६७ हजारको लागतमा शीतभण्डार निर्माण सम्पन्न भएको हो । शीत भण्डार सञ्चालनबापत चन्द्रागिरी नगरपालिकाका जनक रिजाल र इलाम नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर भएको नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए । 
 
इलाम नगरपालिकालाई वार्षिक रु तीन लाख एक हजार ५०० बुझाउने सर्तमा रिमालले पाँचवर्षका लागि शीतभन्डार ठेक्का लिनुभएको हो । दुई हजार मेट्रिक टन क्षमता भएको शीतभण्डारमा तरकारी, फलफूल र आलु भण्डारण गर्न सकिन्छ । निर्माण भएको लामोसमय शीत भण्डार सञ्चालनमा आउन नसकेपछि नगरपालिकालाई लाखौँ घाटा भएको थियो । शीतभण्डार सञ्चालनमा आएपछि जिल्लावासी उत्साहित भएका छन् । इलाममा उत्पादित मौसमी तरकारी, फलफूललगायतका कृषि उत्पादन भण्डारण गरेर बेमौसममा बजारमा पुर्‍याउन पाइने आशामा रहेका व्यवसायी लामो समयसम्म शीतभण्डार सञ्चालन नहुँदा निराश भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ