arrow

महानायक हमालले केसीलाई बुवा भन्दै हात जोडेपछि...

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
hamal-kc.jpg

काठमाडौं । महानायक राजेश हमाल र सदावहार अभिनेता भुवन केसी विच मनमुटावले सधै मिडियामा चर्चा पाउने गरेको छ ।  हमाल र केसीले २ नेपाली चलचित्रमा सँगै काम गरेका छन् । चोर सिपाही र राजु राजा राममा सँगै काम गरे  भने राजु राजा राममा मात्रै नायक एउटै फ्रेममा देखिएका थिए । तर पछिल्लो समय दुवै नायक एकै कार्यक्रममा सँगै देखिएका छन् । एक कार्यक्रममा महानायक राजेश हमाल, भुवन केसी, अनमोल केसी, नायिका निरुता सिंह एक साथ देखिएका हुन् ।

पहिलो पटक हुनुपर्छ महानायक राजेश हमाल र सदावहार अभिनेता भुवन केसीले एक साथ अन्तर्वाता दिएका छन्। अन्तर्वातामा साथ दिएका छन् पछिल्ला पुस्ताका हट केक अभिनेता अनमोल केसी र अभिनेत्री निरुता सिंहले । सो अवसर जुटाएको हो महानायक राजेश हमालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम को बन्छ करोडपतिले । फागुन १७ गते प्रदर्शनमा आउन लागेको सिनेमा क्याप्टेनको प्रचारप्रसारको लागि राजेश हमालको शो मा पुगेका केसीका बाउछोराले राजेश हमालसँग खेल खेलेका छन्।

खेल खेलेसंगै उनीहरुले सामूहिक अन्तर्वाता दिएका हुन् । अन्तर्वाताको क्रममा राजेश हमाललाई भुवन केसीले आफ्नो छोरो अनमोल जस्तै छोरा जन्माएर सिनेमा उद्योगमा नयाँ पुस्ता दिन आग्रह गरे। राजेशले यसकुरालाई ठट्टा गर्दै भर्खर अनमोल र आफू उत्रा उत्रै भएको र भुवन केसी आफ्नो बाउ भएको बताए । उनी हात जोड्दै भुवनलाई भन्छन्, भुवन वुवा, नाती जन्माउनका लागि म दिनरात खटि राखेको छु। एक पल पनि मिस गरेको छैन। निकै रमाइला शैलीमा प्रस्तुत भएका राजेशको जोक्समा अनमोल केसी र निरुता सिंह निकै हासेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ