arrow

कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच सम्झौता

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
kcc_1.jpg

काठमाडौं ।  संयूत्त राष्ट्र संघ दिगोबिकास सोलुसन नेटवर्क अन्तर्गत संस्थागत सदस्य रहेको कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच मंगलबार दुइ पक्षिय सम्झौता भएको छ ।

कान्तिपूर सिटी कलेजका क्याम्पस प्रमुख राजु कट्टेलको उपस्थितिमा भएको उक्त सम्झौतामा कान्तिपूर सिटी कलेज एसडीएसएन संयोजक तथा सिभिल विभागका प्रमुख डा. दिपक बिक्रम थापा क्षेत्री र होलिस्टिक डेभेलपमेन्ट नेपालका अध्यक्ष अनुप घिमिरेले हस्ताक्षर गरे।

सम्झौताको प्रमुख उद्देश्य, दिगो बिकास लक्ष्य हासिल गर्नको लागि विभिन्न अनुसन्धान मूलक कार्यक्रमहरु गर्ने रहेको छ ।

कान्तिपुर सिटी कलेज विगत १९ वर्ष देखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ भने होलिस्टिक नेपालले सामुदायिक क्षेत्रमा समावेशी, आर्थिक तथा सामाजिक  विकाशका कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ