arrow

निवृत्तिभरण कोष विधेयक पारित

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए  । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा खतिवडाले ‘लेखा परीक्षण विधेयक २०७५’ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन समितिको प्रतिवेदनसहित निवृत्तिभरण कोष विधेयक, २०७५’ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकका थिए ।

त्यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ