arrow

तामाङ घेदुङलाई यूरोपियन यूनियनले दिएको ४ करोड खोइ?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
tamang-ghedung.jpg.jpeg
काठमाडौं। नेपाल तामाङ घेदुङको महाधिवेशन नजिकिदै गर्दा यूरोपियन यूनियनले दिएको ४ करोडको खोजी शुरु भएको छ। घेदुङलाई आदिवासी जनजाती उत्थान प्रतिष्ठानले प्रत्येक वर्ष दिने गरेको आठ लाख ५० हजार रूपैयाँ पनि खोजी शुरु भएको छ। महाधिवेशन आउँदै गर्दा तामाङ समुदायले गरिरहेको ताम्सालिङको आन्दोलन कहाँ पुग्यो भन्ने प्रश्न पनि जोडदार रुपमा उठेको छ। घेदुङलाई प्राइभेट कम्पनि बनेकोमा चिन्ता गर्नेहरुले यसो हुन नदिन अभियान पनि छेडेका छन्।
 
फागुन २९ र ३० गते समेत गरेर दुइ दिन सम्म नेपाल तामाङ घेदुङ केन्द्रीय समितिको आठौ महाधिवेशनको चितवनमा हुँदैछ। यहि अधिबेशनले नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने काम हुनेछ। २०४७ साल देखि अहिले सम्म नेपाल तामाङ घेदुङलाई केहि सिमित र स्वार्थी जमातले नीजि सम्पति बनाएकोमा कतिपयको विरोध छ। 
 
नेपाल तामाङ घेदुङमा २०४७ साल देखि अहिले सम्म निर्मल कुमार लामा, परशुराम तामाङ, महेन्द्रजंग तामाङ, धनप्रसाद तामाङ र कुमार योन्जन अध्यक्ष भै सक्नु भएको छ । निर्मल कुमार लामा, परशुराम तामाङ र महेन्द्रजंग तामाङको कार्यकाल सम्म कोठामा सिमिति रहेको नेपाल तामाङ घेदुङलाई धनप्रसाद तामाङको कार्यकालमा देशव्यापी बनाउने काम गरेको थियो ।
 
धनप्रसाद तामाङले नेपाल तामाङ घेदुङलाई देशव्यापी रूपमा संगठन निर्माण गरेका भए पनि उनले पुरै एमालेकरण गरेका थिए। तर, धनप्रसाद तामाङले केहिवर्ष पहिले नै एमाले पार्टी छोडेका थिए। धनप्रसाद तामाङको कार्यकाल सकिए पछि घेदुङको अध्यक्ष कुमार योन्जन भए। कुमार योन्जनलाई एमाओवादी नेतृत्वको सरकारले न्यायाधीशमा नियुक्ति गरे पछि घेदुङ फेरी कोठामा नै सिमित हुन पुग्यो। तर, यस क्रममा बिदेशमा रहेका तामाङ समुदायले आफ्नै पहलमा बिदेशमा पनि संगठन निर्माण गर्ने कामको थालनी गरेको छ। 
 
नेपाल तामाङ घेदुङका वर्तमान महासचिव कुमार ब्लोनले अध्यक्षको दावेदारी गरिरहेका छन्। घेदुङको वर्तमान मध्यमाञ्चल संयोजक मिना तामाङ, घेदुङको पुर्वाञ्चल संयोजक मोहन गोले र संगठन विभाग प्रमुख बाबु घिसिङले पनि अध्यक्षमा दावेदारी गरेका छन्। तर अन्तिममा गएर यी तिन जना बीच सहमति हुन सक्ने अवस्था देखिएको छ। महासचिबको दावेदारहरूमा प्रतिक तामाङ र काजिमान थिङ तामाङछन्। उनीहरु दुवै जना नेपाल तामाङ घेदुङका वर्तमान सचिव हुन।



नयाँ