arrow

कसरी पाठ गर्ने हनुमान चालिसा ?

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
hanumanchalisa.gif

काठमाडौं । हनुमानलाई प्रसन्न राख्नका लागि हनुमान चालिसा पाठ गर्ने गरिन्छ । जो व्यक्तिले सधैं हनुमान चालिसा पाठ गर्छ, उसको इच्छाशक्ति पनि धेरै बलियो हुन्छ ।

यदि सधैं हनुमान चालिसा पाठ गर्न सम्भव छैन भने मंगलबार मात्र भए पनि यसको पाठ गर्नु राम्रो हुन्छ । भारतको उज्जैनका ज्योतिषाचार्य पं. मनीष शर्माका अनुसार हनुमान चालिसा पाठ गर्ने विधि पनि निकै सजिलो छ । तर, जानकारीको अभावमा मानिसहरुले धेरै गल्ती पनि गर्ने गरेका छन् । हनुमान चालिसाको पाठ बिहान स्नान गरेर शुद्ध कपडा लगाएर  हनुमानको मूर्ति वा चित्र अगाडि राखेर गर्नुपर्छ ।

बासी कपडा तथा अशुद्ध अवस्थामा हनुमान चालिसाको पाठ गर्नुहुँदैन । हनुमान चालिसाको पाठ गर्दा कुशासनको प्रयोग गर्नुपर्ने हुन्छ । अन्य आसनमा बसेर गरेको पूजाको फल प्राप्त हुँदैन ।

हनुमान चालिसा पाठ गर्दा ध्यान केवल ईश्वरमा लगाउनुपर्छ । भक्तिविनाको पाठ निष्फल हुन्छ । जुन स्थानमा हनुमान चालिसा पाठ गरिन्छ, त्यो स्थान सफा र स्वच्छ हुनु जरुरी हुन्छ । उत्तर वा पूर्व दिशातर्फ फर्किएर हनुमान चालिसाको पाठ गर्नुपर्छ । हनुमानको प्रतिमाको ठिक अगाडि बसेर पाठ गर्नुहुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ