arrow

सात पूर्व प्रधान्यायाधीशका गुण र दोष पुस्तकमा

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
cover_aadalat_book.jpg

काठमाडौं ।  सात प्रधान न्यायधीशको गुण दोष केलाएको पुस्तक अदालत भित्र अदालत बाहिर बजारमा आएको छ । सर्वोच्च अदालतका पुर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाद्धारा लिखित पुस्तकका चार प्रधानन्यायाधिश मञ्चमै थिए । पूर्व प्रधान न्यायाधिश मीनबहादुर रायमाझीले आफूलाई यो पुस्तकमा मिलाइ मिलाइ उचालिएको मिलाइ मिलाइ झारिएको बताए ।

अर्का प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहले किताब लेख्नु हिम्मत हो । वायोग्राफी लेख्नु झन हिम्मत हो भन्दै आफूले त्यो पुस्तक पढेपछि आफ्नो गुण दोष थाहा पाएको बताए ।  कार्यक्रमका विशेष अतिथि पूर्व प्रधान न्यायाधीश अनुपराज शर्माले डा. रामकृष्ण तिमल्सेना एक चलाख र इमान्दार मान्छे भएकाले उनले लेखेको कतिपय कुरामा सत्यता पाएको बताए । सात जना प्रधान न्यायाधीशका गुण दोष केलाइएको यो पुस्तक पाचकजस्तो छ । कहि अमिलो छ, कही नुनिलो छ, कही गुलियो छ ।

कार्यक्रमका अर्का विशेष अतिथि पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कानुनी राज्य र साहित्यमा यो निकै राम्रो पुस्तक बनेको भन्दै आफूलाई पनि यो पुस्तकले मिलाइ मिलाई उचाल्ने र पछार्ने काम गरेको बताए ।  प्रख्यात उद्यमी डा. उपेन्द्र महतोले शुभकामना मन्तव्य व्यक्त गर्दै भने –‘प्रत्येक मान्छेभित्र मनको अदालत हुन्छ । मनको न्यायाधीश हुन्छ, त्यसलाई सोध्यो भने कुनै अदालतको आवश्यकता पर्दैन । तैपनि अदालत भित्र अदालत बाहिर पुस्तकले धेरै भित्री कुरा बाहिर ल्याएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यो किताबमा भोगाइ र दर्शनका कुरा पाएको बताए । मेरो रोजाइमा पर्ने न्याय क्षेत्रको पुस्तक बनेको भन्दै खुशी व्यक्त गरे । समीक्षक द्धय पत्रकार महासंघका पूर्व सभापति नारानाथ दाहालले किताबले न्याय क्षेत्रमा सक्षम मान्छे्हर कसरी किनारा लाग्छन् भन्ने सजिलैसँग देखाएको बताए । अनुभूति केलाएको यो पुस्तकले न्याय क्षेत्रका धेरै प्रश्नहरु उठाएको बताए ।

अर्का समीक्षक पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले पुस्तकले अहंकारबाद लाइ त्याग्दै तत्वज्ञानका धेरै कुराहरु बाहिर ल्याएको बताए ।
घोस्ट राइटिङ नेपाललका अध्यक्ष कमल ढकालले न्याय क्षेत्रको धेरै कुरा पुस्तकले उत्खनन् गरेको बताए । मान्छेलाई पुस्तकको रुपमा बदल्ने अभियानको पछिल्लो कडी यही पुस्तक भएको बताए । लेखक डा. रामकृष्ण तिमल्सेनाले आफूले किताब लेखनमा इमान्दारिता प्रकट गरेको भन्दै साँच्चै सत्य कुरा लेखे दुर्घटना हुने लागेर थाहा पाएको जम्माजम्मी ५० प्रतिशत मात्र यो पुस्तकमा ल्याएको बताए । कार्यक्रममा सभापति सूर्य ढुंगेलले लामो समयदेखि संगतमा रहेका डा. तिमल्सेनाको पुस्तक साच्चै रोचक र न्याय क्षेत्रका हरेकले पढ्नुपर्ने बताए ।   

पुस्तकमा माथिका चार पुर्व प्रधान न्यायाधीश बाहेक विश्वनाथ, उपाध्याय, खिलराज रेग्मी र रामकुमार श्रेष्ठका गुण र दोष केलाइएका छन् ।पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ