arrow

परदेशीका पीडा गाउने खड्का प्रति परदेशीले प्रकट गरे सम्मान

logo
सरोज दाहाल,
प्रकाशित २०७५ फागुन १४ मंगलबार
khadka2.jpg

काठमाडौं । हामी नेपाली युवा आफ्नो श्रम र पसिना बिक्ने परदेशको शहरमा माइनस ५ डिग्रीको चिसो देखि खाडी मुलुकको ६० डिग्रीसम्मको तातो घाम नभनी काम गरिरहेका छौ । त्यही श्रमको मुल्यबाट हामी हाम्रो घर परिवार मात्र चलाइरहेका छैनौ हामी हाम्रो राज्यलाई पनि सहयोग गरिरहेका छौं । आफुले कमाएको केही रकम राज्यको ढुकुटीमा  जम्मा समेत गरेका छौ । राज्य हामीसंग भरोसा गरेर चलिरहेको छ । समय अनुकुल विभिन्न परिस्थितिमा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो जन्मभुमी प्रतिको स्नेहका कारण धेर थोर सहयोगी हात बिकास निर्माणमा गरिरहेका छन् ।

जब हामी अत्यन्त सम्मानका साथ बिदेशी बिमानस्थलबाट आफ्नो घर फर्कन्छौ त्यो समय आफ्नो परिवार र आफन्तको लागि केही कोसेली लिएर आउछौ ।  तर आफ्नो बिमानस्थलमा झरेपछि हाम्रो झोला खोली छानी छानी खाली गरिन्छ । अनि रित्तो झोला बोकाइ घर पठाइन्छ । त्यो बेला हामी नेपालीको मन कस्तो हुन्छ सरकार ?

हाम्रो देशको सरकार हाम्रो लागि अभिभावक हो । तर अभिभावक्ले आफ्नो सन्तानको यस्तो हालत बनाउन मिल्छ ?  यसैको सेरोफेरोमा रहेर बिदेशी भुमिमा काम गरि आफ्नो घर फर्कदाको पिडालाइ समेटेर गायक सुर्य खडकाले 'झोला खाली एयरपोटमा गर्देसी ,के लगेर जान्छ घर परदेशी
गरिबको त दिनै फिरेन , ३३ किलो सुन छिर्ने एयरपोटमा छोरी तिमिलाई ल्याएको २ पोका चक्लेट छिरेन' जस्ता मार्मिक शब्द राखेर गीत गाएका छन् ।

खड्काले गाएको सो गीतले ४० लाख युवाको पीडा दर्शाएको छ । गायक सुर्य खडकालाई गीतका लागि धन्यबाद नदिइ रहन सकिन्न । सरकारको ध्यान राज्यकोषमा मात्र होइन, पसिनाको मुल्यमा अनि घर फर्किदा आफ्नो परिवारको लागि ल्याएका परदेशीका सामनको मर्म बुज्ने तर्फ पनि लागोस परदेशी सबैको कामना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ