arrow

फ्रान्सेली कम्पनीले ल्यायो ५० दिन ब्याट्रि टिक्ने स्मार्टफोन 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन १४ मंगलबार
battery_smartphone.jpg

काठमाडौं । धेरैलाई स्मार्टफोनमा चार्ज नटिक्ने समस्या हुन्छ । अझ केहीको स्मार्टफोनमा त एक दिनमा नै धेरैपटक मोबाइल चार्ज गर्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा फ्रान्सेली कम्पनी एभेनियर टेलिकमले १८ हजार एमएएच ब्याट्रि क्षमता भएको स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल विश्व विश्व कंग्रेस (एमडब्ल्यूसी)मा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो । 

18,000mAh बैटरी वाले स्मार्टफोन में हैं 5 कैमरे और 6GB रैम

कम्पनीले सार्वजनिक गरेको स्मार्टफोनको नाम इनर्जाइजर पावर म्याक्स पी१८के पोप राखिएको छ । यो स्मार्टफोन एकपटक फुल चार्ज गरेपछि ५० दिनसम्म ब्याट्रि टिक्ने अनुमान गरिएको छ । 

पी१८के पोप स्मार्टफोनमा ६ जीबी र्‍यामको प्रयोग गरिएको छ भने १२८ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । यसमा १२, ५ र २ मेगापिक्सलको ट्रिपल रेयर क्यामेराको प्रयोग गरिएको छ । सेल्फीको लागि पनि १६ र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिइएको छ ।

कैसे चार्ज होगी इतनी हेवी बैटरी
 
यो स्मार्टफोनमा ६.२ इन्चको एलसीडी डिस्प्ले रहेको छ । यो  स्मार्टफोन एन्ड्रोइड ९ पाइमा चल्ने यो स्मार्टफोनलाई एकपटक फुल चार्ज गरेपछि लगातार २ सय घण्टासम्म भिडियो हेर्न सकिन्छ । 

स्मार्टफोनमा प्रयोग गरिएको हेभी ब्याट्रिलाई कम समयमा  नै चार्ज गर्नका लागि यूएसबी २.० डेलिभरी सिस्टम दिइएको छ । यसले १८ वाटकोे क्विक चार्जिङ सपोर्ट गर्छ । 

पावरबैंक की तरह भी कर सकते हैं इस्तेमाल

महत्वपूर्ण कुरा यो स्मार्टफोनलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ