महिलाको २ हजार गन्दा डीला अगाडी; को को छन माथिल्लो छमा?

प्रकाशित मिति : २०७२ फाल्गुण २९ शनिबार
काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत खुला र समावेशीतर्फको केन्द्रीय सदस्यको मत गणना जारी छ। महिलाको २ हजार मतगणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। 
 
२ हजार मत गन्दा डा. डिला संग्रौला ९सय ८७ मत सहित अग्रस्थानमा रहेकी छन् । उनलाई पछ्याउदै पुष्पा भुसाल ८ सय २९ मत, कमला पन्त ७ सय १० मत, अम्विका बस्नेत ६ सय १० मत, इश्वरी न्यौपाने ४ सय १० मत , सरिता प्रसाई ६ सय २५ मतका साथ अघी रहेका छन्। रिता खनाल ५३२ प्रमिला राई ५२० रुक्मणी कोइराला ५०१ र मिना पाण्डे ५१९ मतका साथ अगाडी रहेका छन्। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ