arrow

‘एप्पलले बनाउन सक्दैन पट्याउन मिल्ने स्मार्टफोन’

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
apple1.jpg

काठमाडौं । अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सका विश्लेषक रोड हल र उनको टोलीले अमेरिकी प्रविधि कम्पनी एप्पलले पट्याउन मिल्ने स्मार्टफोन बनाउन नसक्ने दाबी गरेका छन् । उनीहरुले एप्पल कर्भ स्क्रिन प्रविधिभन्दा २ वर्ष पछाडि रहेकोले उसले पट्याउन मिल्ने किसिमको स्मार्टफोन बनाउन नसक्ने बताएका हुन् ।

रोका अनुसार एप्पलसँग अहिले फ्लेक्जिबल ओएलईडीको पहुँच छैन । यस्तोमा दक्षिण कोरियन कम्पनी सामसुङ भने यो मामिलामा अन्य कम्पनीको तुलनामा २ वर्ष अगाडि छ ।

एप्पलको पक्षमा बोल्ने एक ब्लगर जोन ग्रूबरले भने सामसुङको पट्याउन मिल्ने स्मार्टफोनलाई बकवास बताएका छन् । उनले यसलाई धेरै नै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । पट्याएसँगै यो स्मार्टफोन अजीब किसिमको र भद्दा देखिने उनको भनाइ छ । उनले लचिलो र पट्याउन सकिने डिस्प्लेको भविष्य उज्जवल रहेको भए पनि यो आउनका लागि अझै पनि समय लाग्ने बताएका छन् ।

स्पेनको बार्सिलोनामा चलिरहेको एमडब्ल्यूसी २०१९ मा पट्याउन सकिने किसिमको स्मार्टफोनबारे चर्चा चलिरहेको छ । यसको अवधारणा निकै सरल किसिमको रहेको छ । पट्याउन मिल्ने किसिमको स्मार्टफोनको आकार आईफोन एक्सएस र एक्सआर जतिकै छ तर यसलाई खोल्दा भने यसको आकार दोब्बर हुन्छ ।

यसअघि सन् २०१० मा कम्पनीहरुले ठूलो आकारको फोन ल्याउँदा एप्पलका सीईओ स्टिभ जब्सले यति ठूलो स्मार्टफोन मानिसको हातमा नै नअटाउने भएकोले कसैले पनि खरिद नगर्ने बताएका थिए तर उक्त फोनको व्यापार उल्लेख्य भएको थियो । आफ्नो व्यापारमा कमी आएसँगै कम्पनीले सन् २०१४ मा ठूलो स्क्रिन भएको आईफोन ६ सार्वजनिक गरेको थियो ।

अहिले प्रयोगकर्तालाई ठूलो स्क्रिन भएको स्मार्टफोन मन पर्न थालेको छ । यस्तोमा पट्याउन मिल्ने स्मार्टफोन निकै ठूलो कदम साबित हुनसक्ने विश्लेषकहरुले बताएका छन् । पट्याउन मिल्ने स्मार्टफोनको विशेषता नै आवश्यक परेको खण्डमा सानो र ठूलो बनाउन सकिने हो । यो कुरालाई मध्यनजर गर्दै सामसुङ र हुवावेईले आफ्नो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । केही समयअघि एप्पल पनि पट्याउन मिल्ने किसिमको स्मार्टफोन निर्माणमा अघि बढेको एक प्रतिवेदनले देखाएको थियो ।

एप्पललाई सामसुङले अहिले ल्याएको जस्तो उत्पादन ल्याउन अझै ४ वर्ष लाग्ने अनुमान गरिएको छ । सामसुङले ठूलो स्क्रिन भएको स्मार्टफोन बजारमा ल्याएको चार वर्षपछि मात्र एप्पलले यस किसिमको स्मार्टफोन बजारमा ल्याएको थियो । अहिलेको अवस्थामा एप्पलको व्यापार लगातार घट्दो क्रममा छ र अहिलेसम्म कम्पनीले नयाँ आईफोनको घोषणा पनि गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ