arrow

छोराको विवाहमा यसरी नाचे अर्बपति मुकेश र नीता अम्बानी

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
Mukesh_Ambani_Nita_Ambani.jpg

काठमाडौं । आकाश अम्बानी र श्लोका मेहताको विवाहपूर्वको कार्यक्रम स्विट्जरल्याण्डमा धुमधामसँग भइरहेको छ । सो कार्यक्रमलाई रमाइलो बनाउन बलिउडको केही स्टार पनि पुगेका छन् । यसको केही भिडियो पनि सार्वजनिक भएको छ । यसमा पिता मुकेश अम्बानी नीता अम्बानीको साथमा डान्स गरिरहेको देखिएको छ ।

यसै क्रममा भारतीय अर्बपति मुकेशले नीतालाई गुलाबको फूल दिएर आफ्नो प्रेम पनि दर्शाएका छन् । मुकेशले सेतो पाइजामाको साथमा नीलो कुर्ता र त्यसै रङको ज्याकेट लगाएका थिए । नीताले पनि सेतो लेहंगा लगाएकी थिइन् ।

उक्त कार्यक्रमका लागि मलाइका अरोडा, अर्जुन कपूर, रणवीर कपूर, करिश्मा कपूर, आलिया भट्ट, जोन अब्राहम, राजकुमार हिरानी, युवराज सिंह, विद्या बालन, सचिन तेन्दुलकर, जहीर खान, ज्यकलिन फर्नान्डेज, हेजल कीच, करण जोहारसहितको केही स्टारहरु पुगेका छन् ।

आमिर खानले पनि कार्यक्रममा श्लोका मेहतासँग डान्स गरेको भिडियोमा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ