arrow

होटलले बेच्यो ७० लाख प्लेट बिरयानी, बन्यो कीर्तिमान

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
paradies.jpg

काठमाडौं । भारतमा बिरयानी निकै नै चर्चित छ । भारतमा स्वादिष्ट भोजन पाइने स्थानमा बिरयानी पक्कै पनि पाइन्छ । भारतमा सबैभन्दा स्वादिष्ट बिरयानी हैदरावादमा पाइन्छ ।
 
हैदराबादको एक रेष्टुरेन्टले कीर्तिमानी मात्रामा बिरयानी बेचेर लिम्का बुक अफ रेकर्डमा नाम लेखाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार हैदराबादको चर्चित प्याराडाइज रेष्टुरेन्टले एक वर्षमा ७० लाख प्लेटभन्दा बढी बिरयानी बिक्री गरेको हो । रेन्टुरेन्टले सन् २०१७ को जनवरी १ देखि ३१ डिसेम्बरसम्ममा ७० लाख ४४ हजार प्लेट बिरयानी बिक्री गरेको हो ।

रेष्टुरेन्टका सीईओ गौतम गुप्ताले कम्पनीका लागि लिम्बा बुक अफ रेकर्डमा सामेल हुनु र ‘रेष्टुरेन्ट सर्भिङ द बेस्ट बिरयानी’को अवार्ड पाउनु ठूलो कुरा रहेको बताए । यो रेष्टुरेन्टको शुरुवात सन् १९५३ मा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ