arrow

कण्डम सुरक्षित यौन सम्पर्कमा भन्दा हस्तमैथुनमा प्रयोग !

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
condoms.jpg.jpeg
बारा। विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन् ।यौन सम्पर्कबिना नै सन्तुष्टि प्राप्त गर्न हस्तमैथुन गर्ने पुरुषले कण्डम प्रयोग गर्दै आएका हुन् । हस्तमैथुनमा कण्डम प्रयोग गर्नेमा किशोरावस्थाका बढी छन् । स्वास्थ्यचौकी र स्थानीय क्लिनिकबाट कण्डम लैजाने किशोरावस्थाका अधिकांशले यसलाई हस्तमैथुनका लागि प्रयोग गर्दै आएको कण्डम बिक्रेताहरूको भनाइ छ ।
 
एसएलसीको तयारीमा रहेका डुमरवानाका मुकेश (नाम परिवर्तन)ले एक साताअघि आफूले पहिलोपटक कण्डम प्रयोग गरेर हस्तमैथुन गरेको बताए । नियमित हस्तमैथुन गर्दै आएका मुकेशले भने– “साथीहरूको सल्लाहमा कण्डम प्रयोग गरेको हो । मलाई राम्रो लाग्यो, अरू साथीहरूलाई पनि भनेको छु ।”कक्षा ११ मा पढ्दै गरेका सुरेश खरेल (नाम परिवर्तन)ले यौन सम्पर्क साथी नभएकाले यौन सन्तुष्टिका लागि हस्तमैथुन गर्दै आएको सुनाए । “सधैँ नभए पनि कहिलेकाहिँ कण्डम लगाएर हस्तमैथुन गर्ने गरेको छु”– उनले बताए– “यसको प्रयोग गर्दा फोहर नहुने भएकाले हस्तमैथुन गर्दा कण्डम लगाउनु राम्रो हो ।”
 
डुमरवाना उपस्वास्थ्य चौकीबाट मासिक ७१०–७५० वटासम्म निःशुल्क कण्डम वितरण हदै आएको छ । विगत तीन वर्षयता सङ्ख्यात्मक रूपमा कण्डम प्रयोगकर्ता नबढेको उपस्वास्थ्य चौकीको आङ्डामा देखिए पनि स्थानीय स्वास्थ्य क्लिनिकमा भने कण्डमको बिक्री बढेको छ ।डुमरवाना उपस्वास्थ्य चौकीका प्रमुख देवप्रसाद प्याकुरेलले विभिन्न ब्रान्डमा उपलब्ध हुँदै आएका कण्डमको बिक्री गर्दै आएका क्लिनिकमा प्रयोगकर्ताको आकर्षण देखिएकाले निःशुल्क पाइने स्वास्थ्य चौकीमा भने प्रयोगकर्ता बढ्न नसकेको बताए ।
 
स्वास्थ्य चौकीमा महिलाका लागि अस्थायी साधन डिपो र पिल्सको माग भने बढेको छ । १०० देखि १५० सम्म डिपो र ५०–५५ वटासम्म पिल्स वितरण हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ । आयुसिडी लिन आउने महिलालाई भने चौकीले सिमरा स्वास्थ्यचौकी सिफारिस गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ