arrow

उत्तर कोरियाले अमेरिकासँग सम्झौता हुन नसकेको कारण खोल्यो 

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
kim7.jpg

काठमाडौं । अमेरिकासंग भएको वार्ता विफल हुनुको कारण उत्तर कोरियाले खोलेको छ । उत्तर कोरियाका विदेशमन्त्री री योङ्गले अमेरिकासँगको वार्ता विफल हुनुको कारण खुलासा गरेका हुन् । 

उनका अनुसार उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध आंशिक रुपमा खुला गर्न माग गरेको थियो । अमेरिकाले सो प्रस्ताव अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।

प्रतिबन्ध आंशिक रुपमा खुला गरेसँगै अमेरिकी पर्यवेक्षकको निगरानीमा उत्तर कोरियाको यङ्गबियन परमाणु अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा बन्द गर्ने प्रस्ताव पनि उत्तर कोरियाले गरेको उनले बताए । 

North Korean Foreign Minister Ri Yong Ho speaks at a news conference following the end of a summit in Hanoi, Vietnam, March 1, 2019

बिहीबार राति पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिबन्धका कारण उत्तर कोरियाली नागरिकको जीवनमा चोट पुगेका कारण आंशिक रुपमा खुलाउन माग गरिएको बताएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाले प्रतिबन्धहरु पूर्ण रुपमा हटाउन माग गरेको र त्यसलाई आफूले अस्वीकार गरेको बताएका थिए । 

योसंगै तेस्रो वार्तालाई समेत ट्रम्पले अस्वीकार गरेका छन् । उनले हनोई शिखर सम्मेलनजस्तो अवसर अब भविष्यमा फेरि प्राप्त हुन कठिन देखिएको बताए । 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा बिहीबार भएको शिखर वार्ता विफल भएको हो । यसअघि गतवर्ष सिंगापुरमा सम्पन्न पहिलो शिखर वार्ता सकारात्मक बनेकोमा दोस्रो शिखर वार्तामा थप सहमति जुट्ने र दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षरसमेत हुने अपेक्षा गरिएको थियो ।

वार्ता विफल भएपछि कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना हुनेमा आशंकाहरु उब्जिन थालेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ