arrow

दीपिकालाई नै थाहा छैन रणवीरको भित्रि रहस्य

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
deepika-ranbir1.JPG

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अफ्नो दमदार अभिनयका लागि सधै चर्चामा रहने गरेका छन् ।  रणवीरकी श्रीमति दीपिका पनि मान्छिन् कि रणवीरको एनर्जी लेभल निकै हाइ छ ।   हालैमा अभिनेत्रीले सो कुरामा खुलेर कुरा गरेकि छन् । एक कार्यक्रममा दीपिकासँग रणवीरको एनर्जी लेभल बारेमा प्रश्न गरिएको थियो ।  जहां दीपिकाले रणवीरको एनर्जी लेभलको बारेमा जुन राज छ त्यो उनलाई पनि कहिले थाहा नहुने बताइन् ।

अभिनेत्रीले भनिन्, 'रणवीरको एनर्जीको रहस्य हामीलाई कहिले थाहा हुनेछैन किनभने रणवीर घरमा कहिले त्यसरी रहदैनन् । जस्तो तपाई बाहिर देख्नुहुन्छ । ' दीपिकाले भनिन्, ' रणवीर एक निकै शान्त र भावनात्मक छन् । उनि बच्चा जस्तै निर्दोष पनि छन् ।  उनको कयौ फरक-फरक पक्ष छ ।'

रणवीर सिंह बलिउडमा आफ्‍नो प्रस्तुति र ऊर्जाका लागि प्रसिद्ध छन् । अभिनेताको सो प्रस्तुतीले उनका फ्यान बीच निकै चर्चा बटुल्ने गरेको छ । दीपिकाले पनि पटक पटक घर बाहिर निस्किएपछि रणवीरले कस्तो स्वरुप गर्छन् त्यो अफुलाई थाहा नभएको बताउदै आएकी छन् । तर रणवीर आफ्नो एनर्जी सधै दर्शकमा भरपर्ने बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ