arrow

पाक सेनाको हिरासतबाट फर्किएका ३ भारतीय पूर्व पाईलटको रोचक कहानी

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
former_piolot_Indian_army.jpg

काठमाडौं। पाकिस्ताले  शुक्रबार दिउँसो फिर्ता गर्न लागेको भारतीय वायु सेनाका पाईलट विङ कमाण्डर अभिनन्दन पास्तिानबाट फिर्ता हुने चौथा सैनिक पाईलछ हुन् । यस अघि पनि पटक पटक पाकिस्तानको कब्जामा रहेका भारतीय सेनाका पाईलटहरु मध्ये सबैभन्दा छिटो कूटनीतिक रुपमा फिर्ता हुने कमाण्डर भने अभिनन्दन नै भएका छन् । अरु पाईलटहरु कसैलाई एक सातादेखि कसैलाई एक वर्षसम्म पनि कैदमा राखिएको उदाहरण छ। 

पछिल्लो समय अभिनन्दनको फिर्तीलाइ पछिल्लो पटक फिर्ता भएका सैनिक कमाण्डर नचिकेतासँग पनि जोडेर हेर्ने गरिएको छ । कम्बम्पति नचिकेता जो १९९९मा भएको कारगिल युद्धको समयमा ८ दिनसम्म पाकिस्तानी फौजको कैदमा बस्न बाध्य भएका थिए । नचिकेता भन्दा पहिले पनि सन् १९७१ मा भएको युद्धमा एयर कमाण्डर जे। एल। भार्गव तथा उनी भन्दा पहिलेपनि एयर मार्शल के। सी। करियप्पा १९६५ को युद्धमा पाकिस्तानको गिरफ्तारीमा परेका थिए । विङ कमाण्डर अभिनन्दन शुक्रवार भारत फिर्ता हुँदै गर्दा पहिले सैनिकको हिरासतमा बसेकाहरुले यसरी सुनाए पाकिस्तानी हिरासतको कहानी । 

कम्बम्पति नचिकेता
२०१७ सालमा भारतीय वायुसेनाबाट रिटायर भएका नचिकेता अहिले एक कमर्शियल पायलट हुन् । कारगिल युद्धको समयमा फ्लाइट लेफ्टिनेंट रहेका उनी मिग-२७ मा सवार थिए । सोही क्रममा सो जहाज क्र्यास भएर पाकिस्तानी अधिकृत कश्मीरमा गएर खसेका थिए । त्यहाँ पुगेर पनि उनी पाकिस्तानी फौजलाई तर्साउन हवाई फायर गरिरहेका थिए । त्यसैले उनलाई सैनिक जवानहरुले पक्रिए र कुट्न सुरु गरे । नचिकेताका अनुसार उनीहरुले उनलाई मार्ने नै तयारी गरिरहेका थिए । तर सोही समय एक पाकिस्तानी सैनिक उच्च अधिकारीले उनलाई बचाए । उनलाई ८ दिनपछि पाकिस्तानले फिर्ता गरेको थियो । 

एयर कमोडोर जे. एल. भार्गव
एयर कमोडोर जे. एल. भार्गव केही दिन मात्रै होईन झण्डै एक वर्ष नै पाकिस्तानी सैनिकको हिरासतमा बसे । सन् १९७१ को युद्धमा पाकिस्तानी सेनाले पक्रिएका उनका अनुसार यदि पाकिस्तानी स्थानीय भीडले विङ्ग कमाण्डर अभिनन्दनको फोटो शेयर गरेका थिएनन् भने यो सावित गर्न पनि असम्भव हुन्थ्यो कि उनी जिउँदो नै पाकिस्तानमा खसेका थिए । उनी स्मरण गर्छन्, ुउनको समयमा पाकिस्तानी सेनाले अनेकानेक विषय सोधेर सुत्न समेत राम्रोसँग दिएका थिएनन् । उनले आफूसँग मेरी स्क्वोड्रनका पाईलटको बारेमा सोधेका थिए । त्यतिबेला आफ्नो भाइ बहिनीको नाम भनिदिएका थिए । जब उनीहरुले  मेरी स्क्वोड्रनको बेस्ट पाईलट को हो भन्दा जो तिमीहरुको अगाडि छ भनेर टारिदिएको उनी सम्झन्छन् । 

भार्गव १२ घण्टासम्म त आफू पहिचान लुकाएर बँचेको सम्झन्छन् । जक प्लेन खस्यो त्यतिबेला त्यहाँ कोही थिएन । त्यतिबेला भारतीय सेनाका पाईलटहरुलाई एउटा पेस्तोल, खानको लागि केही कुरा र केही पाकिस्तानी रुपैयाँ समेत दिने गरिन्थ्यो । त्यो अहिले पनि दिईन्छ । उनले १२ घण्टासम्म आफ्नो प्यारासुट झाडीमा लुकाएर आफू पाकिस्तानी रहेको दाबी गर्दै हिँडेको सम्झन्छन् । कसैले शंका ग¥यो भने पाकिस्तानी मुद्रा देखाएर उनी विश्वास दिलाउँथे । पछि एउटा हजामले पत्ता लगाएर पाकिस्तानी सेनालाई बुझाएको उनी सम्झन्छन् । 

एयर मार्शल के. सी. करियप्पा
एयर मार्शल के. सी. करियप्पा समेत सन् १९९५ को युद्ध पछि ४ महिनासम्म पाकिस्तानी सेनाको हिरासतमा बसे । उनले बताएका छन् कि उनलाई सधै एउटै डरले सताईरहन्थ्यो कि अहिले युद्ध चलिरहेको छ कि सकियो रु उनको जहाज युद्धको अन्तिमदिन खसेको थियो । जसमा उनी पाकिस्तानी सेनाको बीचमा खसेका थिए । करियाप्पा विङ्ग कमाण्डर अभिनन्दनको मामलामा सोशल मिडियाको समेत भूमिका एकदमै सकारात्मक देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । तर,शान्तिको लागि पाकिस्तानले खेलेको यो भूमिकाले पाकिस्तान र भारत दुबैलाई जिताएको देखिएको छ । 

नवभारत टाइम्समा उल्लेखित यस सामग्रीको नेपाली अनुवाद 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ