arrow

धनीका कुरा : पैसाको गड्डिमा सुत्छन्, महँगा होटलमा मदिराले नुहाउछन्

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
rich.JPG

काठमाडौं । धनी मानिसहरुको जीन्दगी केही विलासी किसिमको हुन्छ भने धेरैलाई थाहा हुन्छ तर धनी मानिसहरुका बच्चाहरुको ऐस आरामको जीन्दगीको विषयमा भने धेरै मानिसहरु जानकार नहुन पनि सक्छन् ।

धनी परिवारका केही मानिसहरु पैसाको नोटको गड्डिमा सुत्छन् भने केही कानुनको धज्जी उडाउँदै हिँड्ने गर्छन् । पैसा कुनै पनि मानिसका लागि जरुरी हुन्छ तर सिँगापुरमा रहेका धनी बाबुका सन्ताहरुको लागि भने पैसा ओछ्याउनमा बिछ्याउन काम लाग्ने गरेको छ । उनीहरुलाई कहिल्यै पनि पैसाको चिन्ता गर्नुपर्दैन ।

विलासी गाडीहरु उनीहरु कपडा जसरी नै बदल्ने गर्छन्  । सिँगापुरका धनी मानिसहरुका छोराछोरीहरु साथीहरुसँग पार्टी गर्न रुचाउँछन् । उनीहरुको गाडीको डिक्की धेरैजसो खुला हुँदैन । यसमा विश्वका सबैभन्दा महँगा मदिराहरु पाइन्छन् ।

उनीहरुले मदिराले नुहाएको तस्वीर पनि सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन् । यति मात्र होइन उनीहरु विश्वका सबैभन्दा महँगा होटलमा बिदा मनाउन जाने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ