arrow

अष्ट्रेलियामा नेपाली प्रेसको चर्चा

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
austrilla-nepal.jpg

काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानवेरामा संघीय संरचनामा अभ्यासरत नेपाली प्रेस र प्रेस स्वतन्त्रताबारे बहस भएको छ ।  क्यानबेरा पुगेका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झासँग नेपालको संघीय संरचनाको प्रेस र प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे अन्तक्रियात्मक बहस गरिएको हो ।
 
मुलुक संघियतामा प्रवेश गरेसंगै हरेक निकायले संघीय स्वरुपलाई पछ्याइ रहेका बेला संचार क्षेत्रले संघियताको अभ्यासलाई कसरी केन्द्रमा राखेर काम गरिरहेको छ भन्ने सन्दर्भ सहित प्रेस स्वतन्त्रताका सवालमा कार्यक्रमको आयोजना गरिएको क्याबेराबाट पत्रकार प्रदिप तिमल्सिनाले जानकारी दिए ।

स्थानीय बहुसांस्कृतिक रेडीयो एफएम ९१ दशमलब १ को आयोजनामा ओरिजिन नेपाल नेपाली रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा क्यान्वेरा तथा क्विन्वियन क्षेत्रका नेपाली समुदायका अगुवा, बुद्दीजिवी, व्यापारी, पेशाकर्मी, विद्यार्थी र पत्रकारहरुको उपस्थिति रहेको उनले जानकारी दिएका हुन ।
कार्यक्रममा सहभागिहरुले पत्रकार झा सँग संघीय लोकतान्त्रिक नेपालमा प्रेस स्वतन्त्रता र पत्रकारिताका सन्दर्भमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पत्रकार झाले मुलुक संघीयतामा प्रवेश गरेसँगै संचार क्षेत्रले पनि आफ्नो स्वरुपलाई संघीय ढाँचामा लगेको र केही मिडियाहरु प्रक्रियामा रहेको भन्दै जनताको सुचनाको हकलाई संचार माध्यमहरुले प्राथमिकतामा राखेर काम गरिरहेको जनाए ।

तर पछिल्लो समय  बनेका केही कानुनहरुले भने पत्रकार तथा संचारका माध्यमहरुलाई नियन्त्रणको प्रयास गरिहरको भन्दै उनले कानुनलाई संचारमैत्री बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याए ।  

स्थानीय नेपाली संस्था अष्ट्रेलिया नेपाल फाउण्डशिप सोसाइटीका अध्यक्ष जीवन रानाले नेपाली मिडियाले विदेशी भूमिमा बसोवास गर्नेहरुलाई समेत समेट्ने गरेको प्रति खुसि व्यक्त गरे ।  

तिन दशक देखि संचालनमा रहेको क्यान्वेराको सबै भन्दा ठूलो बहुसांस्कृतिक रेडीयोले अष्ट्रेलियामा विभिन्न ४० भाषामा कार्यक्रम निर्माण र प्रशारण गर्दै आइरहेको छ । यस्तै नेपाली भाषा संस्कृतीको उत्थानमा समेत सो रेडियोले सो क्षेत्रमा बस्ने नेपालीहरुलाई जोड्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ