arrow

विज्ञान प्रविधि तथा नवप्रवर्तन नीतिको मस्यौदा हस्तान्तरण

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
information_ministry.jpg

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमक्ष राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति मस्यौदा समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।

समयसापेक्ष राष्ट्रको आवश्यकता तथा क्षमतामा आधारित विज्ञान प्रविधि तथा नवपर्वतन नीति, २०७५ तर्जुमा गर्न मन्त्रालयले गत असोज ९ गते मन्त्रिस्तरीय निर्णयगरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रा डा दिनेशराज भुजुको संयोजकत्वमा नौ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।

नीतिले अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र, प्रत्येक नगरपालिकामा विज्ञान शिक्षा र नवप्रर्वत केन्द्र, बहुविषयका सन्दर्भ प्रयोगशाला र उच्चस्तरको ‘साइन्स कैबिनेट’ गठन गर्न प्रस्ताव गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिका रुपमा लिनुपर्ने बताउँदै विज्ञानलाई आत्मसात् गर्न सकेमात्र देशको विकास हुनेमा जोड दिए।

उनले भने, “विज्ञान र प्रविधिलाई जीवन पद्धतिसँग जोड्नुपर्छ, विज्ञान र प्रविधिलाई उच्चतम् प्रयोग गरेर अघि बढ्नुपछ, सामाजिक, सांस्कृति रुपान्तरण र समृद्धिका लागि विज्ञान प्रविधिको अनिवार्य आश्यकता छ ।” कृषि, वन र जैविक विविधता, पर्यावरण, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, संचार आदि जस्ता विज्ञान र प्रविधिको सबै क्षेत्रलाई जोडिएको छाता नीतिका रुपमा सो नीति ल्याइएको संयोजक भूजुले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ