arrow

जीप महाकालीमा खस्दा सात महिलासहित ११ जनाको मृत्यु

logo
नरेन्द्रसिंह कार्की,
प्रकाशित २०७५ फागुन १७ शुक्रबार

दार्चुला। दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नं को जीप महाकाली नदीमा खसेको हो। 

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए। जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । 

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए। चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो ।

अहिले स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन्। “अँध्यारो भएका कारण दुर्घटनामा कति जना परे यकिन हुन सकेको छैन,” प्रहरी नायब उपरीक्षक चन्दले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ