arrow

डुब्न लागेको जेट एयरलाईन्सका अध्यक्षले कर्मचारीलाई पठाए भावुक विन्तिपत्र 

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
naresh_goyel.JPG

काठमाडौं । वित्तीय संकटसँग जुधिरहेको जेट एयरवेजका अध्यक्ष नरेश गोयलले शुक्रवार आफ्ना कर्मचारीहरुसँग यस  ‘कठिन समय’ आफ्ना साथ रहने आग्रह गरेका छन् । विमान कम्पनी यस समय आफू मुश्किल परिस्थितिमा गुज्रिएको गुनासो गरे । उनले भने कि उनी कम्पनीलाई बचाई राख्नको लागि जस्तो सुकै बलिदान दिन पनि तयार रहेको बताए ।  

गोयलले कर्मचारीहरुलाई लेखेको भावुक पत्रमा भरोसा दिएका छन् कि उनी ऋणदाताहरुद्वारा कम्पनीलाई बचाईराख्नको लागि के कस्तो योजनाहरु बनिरहेको छ । त्यस विषयमा समेत अवगत गराउँदै रहने आश्वासन समेत दिएका छन् । ऋणदाताहरुको ऋण समाधान योजनालाई शेयरधारकहरु तथा निर्देशक मण्डलले मञ्जुरी दिएका छन्। गोयलले आफ्नो कर्मचारीहरुको ऋणदाताहरुद्वारा एयरलाइन्स बचाउने योजनालाई मद्देनजर गर्दै उनले सबै घटनाक्रमका बीच राख्न आश्वासन दिएका छन् । जसमा बोर्ड तथा शेयरकर्ता सबैले पहिले नै मञ्जुरी दिइसकेका छन् । 

गोयलले पत्रमा भनेका छन् कि, 'मेरो गहिरो भावनाले मलाई तपाईहरुसँग दिलदेखि नै अपील गर्न प्रेरित गर्यो । तपाईहरु केही समयको लागि यस कठिन समयमा मेरो साथमै रहिदिनु होला। त्यतिबेलासम्म कि जतिबेलासम्म हामी यो वित्तीय चुनौतीबाट बाहिर निस्किएर स्थिति सामान्य बन्दैन ।' गोयलको यो पत्र यस्तो समयमा सार्वजनिक भएको छ कि जतिबेला खबर आइरहेको छ कि एयरवेजका अध्यक्ष कुर्सी छोड्न तयार भएका छन् । उनले भनेका छन् कि, 'म तपाईंहरु (कर्मचारी) को आराम, समृद्धि, एयरलाइन्सको व्यवहार्यता तथा वास्तवमा सबै कर्मचारीहरुको कल्याणका लागि कुनै पनि बलिदान गर्नको लागि तयार छु।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ