arrow

अहिलेसम्म सार्वजनिक भएका फाइभजी स्मार्टफोन

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन १८ शनिबार
5G_smartphones.png

काठमाडौं । पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट फाइभजीका लागि तीव्र गतिमा काम भइरहेको छ । यस वर्षसम्ममा यो प्रविधि आउने अनुमान छ । त्यसका लागि स्मार्टफोन निर्माताले पनि फाइभजी समार्टफोन ल्याउन शुरु गरेका छन् । 

अहिलेसम्म सार्वजनिक भएका फाइभजीलाई सपोर्ट गर्नसक्ने समार्टफोन यस्ता छन् –

१. हुवावेई मेट एक्स

Huawei's Mate X

चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले मोबाइल वल्र्ड कंग्रेसको क्रममा आफ्नो पट्याउन मिल्ने र ५जी सपोर्ट गर्ने स्मार्टफोन अघि सारेको छ । हुवावेईको ५जी सपोर्ट गर्ने यो डिभाइस पट्याउँदा ६.६ इन्चको स्मार्टफोन बन्न सक्छ । यसलाई ८ इन्चको ट्याबलेट पनि बनाउन सकिन्छ । चिनियाँ कम्पनीले यो स्मार्टफोन २०१९ को मध्यबाट बजारमा उपलब्ध हुने बताएको छ । 

२. सामसुङ ग्यालेक्सी एस१० फाइभजी

Samsung Galaxy S10 5G

दक्षिण कोरियन प्रविधि कम्पनी सामसुङले पनि फाइभजी सपोर्ट गर्ने आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस१० उत्पादन ल्याएको छ । यसले निकै तीव्र गतिको फाइभजी नेटवर्क सपोर्ट गर्ने बताइएको छ । यो उत्पादन सन् २०१९ को दोस्रो त्रैमासमा बजारमा आउने अनुमान छ । साथै, सामसुङले फाइभजी सपोर्ट गर्ने पट्याउन मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि ल्याएको छ । 

३. साओमी मि मिक्स ३  

Xiaomi MIX 3 5G during the cellebration of Mobile World Congress in Barcelona on February 25, 2019 in Barcelona, Catalonia, Spain.

चिनियाँ स्मार्टफोन निर्माता साओमीले पनि मोबाइल विश्व कंग्रेसमा फाइभजी सपोर्ट गर्ने मि म्याक्स३ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो  तीन वर्षदेखि कम्पनीले फाइभजी चल्ने स्मार्टफोन निर्माणमा काम गरिरहेको थियो । आगामी मे महिनामा यो स्मार्र्टफोन बजारमा उपलब्ध हुनेछ । 

४. एलजी भी५० थिनक्यु

LG V50 ThinQ

दक्षिण कोरियन  कम्पनी एलजीले पनि फाइभजी सपोर्ट गर्ने भी५० थिंनक्यु स्मार्टफोन सार्वजनिक गरेको छ । ६.४ इन्चको डिस्प्ले भएको यो स्मार्टफोनमा ३ रेयर क्यामेरा रहेको छ । अहिलेसम्म यो स्मार्टफोन कहिले बजारमा आउने हो र मूल्य कति पर्ने भन्नेबारेमा भने कुनै जानकारी दिइएको छैन । 

५. जेटीई एक्सोन १० प्रो फाइभजी

ZTE Axon 10 Pro

फाइभ जी विस्तारको क्षेत्रमा काम गरिरहेको स्मार्टफोन निर्माता जेटीईले पनि नयाँ पुस्ताको इन्टरनेटलाई सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक्सोन १० प्रो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन २०१९ को शुरुवाती ६ महिनाभित्र युरोप र चीनको बजारमा उपलब्ध हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ