arrow

वागमतीका नानीहरुले प्रतिभा देखाए

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
bagmati-school.jpg

काठमाडौं । वागमती वोडिङ स्कुल सुकेधाराका सा-साना नानीहरुले विभिन्न प्रतिभा देखाएका छन् । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा नृत्य, गायन, छोटो नाटक लगायतका प्रतिभा प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलले विद्यार्थीहरुको चौतर्फी विकासमा यस्ता किसिमका कार्यक्रमले सघाँउ पुर्‍याउने बताउदै यति साना नानीहरुको प्रतिभाले प्रभावित भएको बताए ।

विद्यार्थीहरुलाई सिकाई सघाउन अडियो, भिडियो कक्षालाई प्राथमिकताको साथ अगाडि वढाएको विद्यालयका अध्यक्ष सुरेन्द्र सिटौलाले बताए ।

विद्यालयले कला र संस्कृतिको रक्षा गर्न लोकवाजाहरुको प्रयोग गरेर सभा संचालन गर्दै आएको बताएको छ । शनिबारको कार्यक्रममा नर्सरी, एलकेजी, युकेजी र कक्षा एकका नानीहरुमात्र सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ