arrow

जिल्लामै पहिलो पटक स्नातकोत्तर पढाई सुरु

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन १९ आइतबार
bajura-campus.jpg

मार्तडी ।  बाजुरामा पहिलो पटक स्नातकोत्तर तह (डिग्री) को पढाइ सञ्चालन हुने भएको छ । सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत बाजुरा क्यापसमा स्नातकोत्तरको पढाई सञ्चालन हुने भएको बाजुरा क्याम्पसले जनाएको छ ।

सो क्यापसले शिक्षा संकाय अन्तर्गत नेपाली र पाठ्यक्रम योजना नेतृत्व विकासको भर्ना लिएको छ । त्यस्तै मानविय संकायमा ग्रामिण विकास बिषयमा भर्ना लिन सुरु गरेको क्स प्रमुख सुरेश प्रसाद पण्डितले जानकारी दिए । उनले दिएको जानकारी अनुसार  पहिलो चरणको प्रवेश परिक्षा लिएर भर्ना अभियान सुरु भएको छ भने चैत ३ गतेबाट पढाई सञ्चालन हुनेछ ।

नेपाली बिषयमा ४० जना, पाठ्यक्रम योजना नेतृत्व विकास बिषयमा ५० जना र ग्रामिण विकास बिषयमा ६० जना प्रवेशिका परिक्षामा सहभागि भएको क्याम्पस प्रशासन सहायक मदनराज जोशीले बताए। उनले स्नाकोत्तर पढ्का लागि विद्यार्थीहरु अहिले भर्ना हुन आउने गरेको बताए । केही बिद्यार्थीले ढिलो थाहा पाएकाले फेरी पनि फाल्गुण २५ गते दोस्रो चरणको प्रवेशिका परिक्षा गर्ने क्यापस प्रशासन सहायक जोशीको भनाई रहेको छ ।

स्नातकोत्तर पढ्न प्रति विद्यार्थी ७० देखी ८० हजार सम्म जम्मा खर्च लाग्ने भएको छ । दुर्गम जिल्लामा पहिलो पटक स्नातकोत्तर पढाइ सञ्चालन हुने भएपछि आर्थिक अबस्था कमजोर भएका जिल्ला बाहिर जान नसक्नेका लागि ठुलो सहयोग पुगेको बडिमालिका नगरपालिकाका उप प्रमुख कविता विष्टले बताए ।स्नातक तह सम्मको पढाइ सकेर घरमै बसेका स्नातकोत्तर पढ्न जिल्ला बाहिर जान नसकेका १० बर्ष देखिका बिद्यार्थी समेत भर्ना भएको उपप्रमुख विष्टले बताए  ।

जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र कुमार रोकायाले भने 'स्नातक तहको पढाइ सकेर राजनीतिक पेशामा लागेको हुँ ।  जिल्ला बाहिर गएर पढन सक्ने अवस्था नभएपछि जिल्लामै पहिलो पटक स्नातकोत्तरको पढाई हुने भएपछि बाजुरा क्याम्पसमा भर्ना भएको छु ।'

बडिमालिका नगरपालिका–८ का वडाअध्यक्ष प्रकाश रावलले दुई पटक कैलाली बहुमुखी क्यापसमा भर्ना भएपनि समयमै  परिक्षा दिन नपाउदा पढाइ अधुरो रहेको छ । उनले स्नाकोत्तर घरमै बसेर पढ्न पाईने भएपछि भर्ना बाजुरा क्याम्पसमा भर्ना भएको बताए । यहाँ स्नातकोत्तर पढाई हुने भएपछि आफु जस्तै धेरैलाई सहज भएको वडाअध्यक्ष रावलको भनाई छ ।

स्नातकोत्तर सम्मको पढाइ सचांलन भएपनि केही समस्या भने रहेको क्यापसले जनाएको छ । सुदुरपश्चिम विश्वविद्यालयले बाजुरा क्यापसलाई आंगिक क्यापस बनाएको भएपनि विश्वविद्यालय नै अस्तव्यस्त भएकाले अहिले क्यापस सञ्चालनमा समस्या आउन सक्ने स्वतन्त्र विद्यार्थी युनियन सभापति चेतन अयडीले बताए ।

उनले स्नातकोत्तर सञ्चालन गर्नमा आफैमा कठिन हो, दक्ष जनशक्ति रु पुर्वाधारको अभाब रहेको छ, त्यसलाई ब्यबस्थापन गर्नतर्फ क्याम्पस प्रशासन लागेको स्ववियु सभापति अयडीले बताए ।

जिल्लामा ३ वटा क्याम्पस मध्ये बाजुरा क्याम्पसमा मात्र पहिलो पटक स्नाकोत्तर (डिग्री)को पढाई हुने भएको छ । उत्तरी भेगको बुढीनन्दा क्याम्पस कोल्टी र तल्लो क्षेत्रको बडीमालिका  क्याम्पस फालासैनमा भने स्नातक तहसम्मको पढाई हुदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ