arrow

फेसबुक बन्द भन्ने हल्ला चलाउनेलाई कारबाही गर्दै मन्त्रालय

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
Information_facebook].jpg

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा फेसबुक बन्द भन्ने गलत हल्ला चलाउने व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शनिबार सामाजिक सञ्जालमा सूचना तथा सञ्चार मन्त्रालयको गलत नाम लेखी सरकारको निशाना छापको समेत नक्कली प्रयोग गरी यस्तो भैम फैलाईएको थियो । 

अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाम रहेकोमा सो सूचनामा सूचना तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । सोही भ्रम अफवाह हो भन्दै मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरेको छ । 

सञ्चाचर मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तीमा सरकारले त्यो अफवाह फैलाउनेलाई कारबाहीको प्रक्रिया सुरु गरिसकेको समेत जनाएको छ । यस्तो अफवाह पोष्ट गर्ने सबैलाई फेसबुकबाट त्यो सूचना हटाउनको लागि आग्रह गरिसकिएको मन्त्रालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ